अर्को व्यवस्था नभएसम्म अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक


प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार

दक्षिण अफ्रिकी मुलुकसँगै यूरोपका विभिन्न देशहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिन थालेपछि नेपालले अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रवेशमा रोक लगाएको छ ।

आइतबार (आज) गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको गह मन्त्रालयले जनाएको हो । उक्त निर्णय कार्यान्वयनका लागि अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरुलाई परिपत्र गरिसकेको बताइएको छ ।

यसका साथै अफ्रिकी मुलुक हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई पनि कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन दिइएको गृहले जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com