सन् २०२२ देखि युरोपको शेंगेन क्षेत्र जाँदा अमेरिकनले समेत शुल्कसहित अनलाइन आवेदन दिनुपर्ने


प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार

अमेरिकी पासपोर्ट

सन् २०२२ देखि युरोपको शेंगेन क्षेत्र जाँदा अमेरिकन पासपोर्ट हुनेहरुले समेत शुल्कसहित आवेदन दिनुपर्ने भएको छ । शेंगेन क्षेत्रका २६ देशहरुमा जाँदा अमेरिका, अष्ट्रेलिया, ईंग्ल्याण्ड लगायतका देशका नागरिकहरुले समेत नयाँ आवेदन भर्नुपर्ने र ७ युरो शुल्क तिर्नुपर्ने जनाइएको छ ।

अमेरिका, अष्ट्रेलिया, ईंग्ल्याण्ड लगायतका देशको पासपोर्ट हुनेहरुलाई शेंगेन क्षेत्र प्रवेश गर्दा अगाडि नै भिसा लिनु नपर्ने भएपनि नयाँ अनलाइन फर्मभने भर्नुपर्नेछ । नयाँ अनलाइन फर्म भर्न १० मिनेटभन्दा पनि छोटो समय लाग्नेछ भने अधिकांश आवेदकले आवेदन पेश गरेको केही मिनेटमा नै स्वीकृति प्राप्त गर्नेछन् ।

त्यसपछि उनीहरु हरेक ६ महिनाको अवधिमा ९० दिनसम्म युरोपको शेंगेन क्षेत्रमा रहन सक्नेछन् । ९० दिनभन्दा लामो समय बस्न चाहनेहरुले भने दूतावास वा कन्सुलेटबाट भिसा लिनुपर्नेछ । फर्म भर्नका लागि आवेदकले बायोमेट्रिक पासपोर्ट जानकारी लगायतका व्यक्तिगत विवरणहरु हाल्नुपर्नेछ । १८ बर्षभन्दा कम उमेरका र ७० बर्षभन्दामाथिकाले भने यस्तो फर्म भर्नु पर्नेछैन ।

शेंगेन भिसा

बारम्बार युरोपियन युनियनका देशहरुमा भ्रमण गर्नेहरुले पनि युरोपको हरेक यात्रामा फर्म भर्नुपर्ने छैन । एकपटक आवेदन दिइसकेपछि ३ बर्षसम्म काम गर्नेछ भने ३ बर्ष नाघिसकेपछि नविकरण गर्न आवश्यक हुनेछ । युरोपियन आयोगले स्वीकृत गरेको युरोपियन ट्राभल इन्फर्मेशन एण्ड अथोराइजेशन सिस्टम अन्तरगत यो प्रावधान लागु गर्न लागिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो प्रणाली अमेरिकाको भिसा छुट प्रणाली इस्टासँग मिल्दोजुल्दो रहेको छ । अमेरिकामा पनि भिसा छुटप्राप्त देशका नागरिकहरुले इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथोराइजेशन इस्टामा दर्ता गर्नुपर्छ । शेंगेन क्षेत्रमा प्रवेश गर्न एसिया, अफ्रिका र दक्षिण अमेरिकाका देशबाट आउनेहरुले भिसा लिनुपर्ने भएकाले भिसा लिएर आउनेहरुले यस्तो फर्म भर्न आवश्यक हुनेछैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com