लोकमार्ग निर्माण : कालोपट्टी बाँधेर विरोधमा निस्किए युवा


प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड स्तरोन्नति तथा कालोपत्र गर्न ढिलासुस्ती गरेको भन्दै स्थानीय युवाले विरोध गरेका छन् ।

काठेखोला गाउँपालिका वडा नं ५ र ६ बिहुँका युवाले कालो झण्डा र हातमा कालोपट्टी बाँधेर विरोध गरेका हुन् । सडकमा निस्किएका युवाले जनतालाई सास्ती दिने काम भएको भन्दै सांकेतिक विरोध गरेका हुन् । दुई खण्डमा काम भइरहेको उक्त सडकको बिहुँ खण्ड तत्काल कालोपत्र गर्नुपर्ने युवाको माग छ ।

निर्माण कम्पनीको लापर्बाहीका कारण ठेक्का सम्झौता भएको बर्षौं बितिसक्दा समेत कालोपत्रको काम रोकिएको स्थानीय युवा दिवस कँडेलले बताउनुभयो । सडक विभाग जिम्मेवार हुनुपर्ने, काम नगर्ने ठेकेदार कम्पनीको लाइसेन्स खारेज गर्नुपर्ने, काम तत्काल थाल्नुपर्नेलगायत माग राख्दै युवाले दबाब दिन सुरु गरेको कँडेलले जानकारी दिनुभयो । बिहुँको अक्षेतेदेखि इनारपानीसम्म काम गर्ने कम्पनी लामो समयदेखि सम्पर्कविहीन रहेकाले विरोध अभियान सुरु गर्नुपरेको उहाँले बताउनुभयो ।

स्तरोन्नतिसहित कालोपत्र थालिएको सडकका कारण स्थानीयले हिउँदमा धुलो र वर्षायाममा हिलोको सास्ती खेप्दै आएका छन् । “अब हाम्रा विरोधका कार्यक्रम चरणबद्ध हुन्छन्, सबै क्षेत्र जिम्मेवार बन्नु जरुरी छ”, कँडेलले भन्नुभयो, “हामीले सधैँ सास्ती खेपिरहनुपर्ने, उनीहरुले काम गर्न नपर्ने रु”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विसं २०७२/७३ मा सुरु भएको बिहुँ खण्ड र ०७३÷७४ मा सुरु भएको बागलुङ अक्षेतेखण्ड तीन वर्षमा सकिनुपर्ने थियो । छ वर्ष समय बितिसक्दासमेत म्याद थप्नेबाहेक काम नभएको भन्दै स्थानीयले बेला–बेलामा विरोध गर्ने गरेका छन् । बागलुङ अक्षेते खण्ड स्तरोन्नति र कालोपत्रको जिम्मेवारी पाएको भारत सिद्धिसाही जेभीले १२ दशमलव पाँच किलोमिटर र बिहुँ घोडाबाँधे खण्डको जिम्मेवारी पाएको सूर्य कन्ट्रक्सनले काम नगरेको स्थानीयको आरोप छ ।

“चैतसम्म म्याद थप भएको छ, कोभिडका बेलाको म्याद सबैलाई थपिँदा उनीहरुले पनि पाए”, मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले भन्नुभयो, “हामी खोजी गरिरहेका छौँ, ठेकेदार कम्पनीसँग कुरा गरेर काम अघि बढाउँछौँ ।” बेला बेलामा आउने गरेका निर्माण कम्पनीका प्रतिनिधिले थपिएको समयमा काम सक्ने प्रतिबद्धता जनाउने गरेको भए पनि म्याद थप भएपछि बेखबर हुने गरेका छन् । राष्ट्रिय गौरवको आयोजना भएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारको खबरदारी निरन्तर हुनुपर्ने स्थानीयको माग छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com