कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु , ४४७ नयाँ सङ्क्रमित थपिए


प्रकाशित मिति : कार्तिक १७, २०७८ बुधबार

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको ४४७ मा सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले नौ हजार ९१३ मा कोरोना परीक्षण गर्दा ४४७ मा सङ्क्रमित थपिएका जानकारी दिनुभयो ।

हिजो मङ्गलबार ४६९ मा सङ्क्रमण देखिएका थिए । देशभर सक्रिय सङ्क्रमित नौ हजार १२३ रहेका छन् । नेपालमा सङ्क्रमण दर १८।३ प्रतिशत पुगेको छ । उहाँका अनुसार ५०० भन्दा बढी सङक्रमित भएका जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ रहेका छन् ।

सङ्क्रमित शून्य जिल्ला दुई

उहाँका अनुसार आज दुई जिल्लामा सङ्क्रमति शून्य रहेका छन् । हुम्ला र मुगु जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेका छ । पछिल्लो २४ घण्टामा ४३९ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट लाभ लिई घर फर्किएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९३ हजार २७१ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।५ प्रतिशत रहेको छ । मन्त्रालयका प्रवक्ता डा पौडेलले आज कोरोना सङ्क्रमणबाटन सात जनाको निधन भएको जानकारी दिनुभयो । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४३४ को निधन भएको छ ।

आज ९७ हजार ७० ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज लगाएकासँगै अहिलेसम्म ८७ लाख १९ हजार ९९५ ले पहिलो मात्रा र ७३ लाख ८१ हजार २०२ ले पूर्ण मात्राको खोप लगाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com