बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा घोषणा


प्रकाशित मिति : कार्तिक १०, २०७८ बुधबार

वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गर्नुभएको हो ।

बैठकमा शाक्यले विगतमा आफूहरुले गरेको त्याग पद र प्रतिष्ठाका लागि मात्रै नभएको उल्लेख गर्नुभयो । यसअघि प्रदेशसभा संसदीय दलको कार्यालयमा नेकपा (एमाले) का प्रदेशसभा सदस्यहरुसँग मुख्यमन्त्री शाक्यले आफूले पदबाट राजीनामा दिने बताउनुभएको थियो ।

शाक्यले आजै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शार्मा आलीसँग समेत सल्लाह गरेको र उहाँले विश्वासको मत नपाउने निश्चित भएको अवस्थामा राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उचित हुने सल्लाह दिनुभएको भन्दै राजीनामा दिने बताउनुभयो ।

पाँच दलीय गठवन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि आफूले राजीनामा दिने उहाँको भनाइ थियो । उहाँले राजीनामा दिने निश्चित भएपछि यस प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन हुने भएको छ । उहाँको पार्टीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलको सहभागितामा सरकार गठन हुन लागेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com