३३ किलो सुन तस्करी प्रकरणमा संलग्न ६ जनालाई जन्मकैद, प्रहरीसहित ४८ जनालाई सफाई, २१ फरार


प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार

चर्चित ३३ किलो सुन तस्करी प्रकरण र त्यसमा जोडिएको हत्यासम्बन्धी मुद्दामा संलग्न ६ जनालाई जिल्ला अदालत मोरङले दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको छ । सनम शाक्य हत्याकाण्ड र ३३ किलो सुन प्रकरणमा प्रमुख भूमिकामा रहेका चुडामणि उप्रेती भन्ने गोरेसहित छ जनालाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाइएको हो ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय सुनाइएका उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा पनि अदालतले कसुरदार ठहराएको छ। उक्त मुद्दामा भने केही समयपछि सजाय निर्धारण गरिने बताइएको छ।

त्यस्तै अरु दुईवजनालाई भने तीन वर्ष र छ महिना कैद सजायको फैसला भएको छ । जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका उप्रेतीसहित छ जनालाई जन्मकैदको फैसला र अन्य दुईमध्ये एक जनालाई तीन वर्ष र अर्कालाई छ महिना कैद सजायको फैसला सुनाएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिए ।

मुख्य अभियुक्त चुडामणि उप्रेती

गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो । अदालतले राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई छ महिना कैद सजायको फैसला गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुद्दाका ७७ जनालाई प्रतिवादी बनाइएकामा ४८ जनाले सफाइ पाएका छन् भने २१ जना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको छ ।

जिल्ला अदालत मोरङमा विसं २०७५ वैशाख १९ गते आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान गरी चारवटा शीर्षकमा मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा जोडिएका नेपाल प्रहरीका पूर्व उच्च अधिकारीहरूसहित ४८ जनाले भने अदालतबाट सफाइ पाएका छन् । सफाइ पाउनेहरूमा पूर्व एआइजी गोविन्दप्रसाद निरौला, हाल डीआईजी रहेका तत्कालीन एसएसपी दिवेश लोहनी , श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक विकासराज खनाल लगायत ९ जना रहेका छन् ।

सुन तस्करीमा उनीहरूको पनि मिलेमतो देखिएको भन्दै मुद्दा दायर गरिएको थियो। तर अभियोग दाबी पुग्न नसकेकाले उनीहरूले सफाइ पाएको अदालतले जनाएको छ।

२०७४ साल माघ अन्तिम साता युएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याइएको भनिएको तस्करीको साढे ३३ किलो सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको बताइएको थियो। उक्त सुन बोक्ने भनिएका मोरङको उर्लाबारीका सनम शाक्यको हत्या भएपछि उक्त प्रकरणमा दर्जनौँ मानिसहरूको संलग्नता देखिएको प्रहरीले दाबी गरेको थियो ।

सङ्गठित रूपमा सुनको अवैध चोरी निकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा तत्कालीन सात जना बहालवाला प्रहरी अधिकारीसहित ७७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com