त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटनाहुनबाट जोगियो श्री एयरलाइन्सको जहाज


प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटनाहुनबाट जोगिएको छ । आज बिहान नेपालगञ्ज गन्तव्यका लागि उडान भर्ने तयारीमा रहेको सो एयरलाइन्सको जहाज ‘डोमेष्ट्रिक पार्किङ्’बाट रनवेतर्फ निकाल्ने क्रममा जहाज चिप्लिएको हो ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज पार्किङबाट निकाल्ने क्रममा टर्निङको क्रममा जहाजको ब्यालेन्स नमिल्दा तीन मिटरजति जहाज डिस्ब्यालेन्स भएको छ ।

“जहाज धस्सिएको हैन पाकिङबाट निकाल्ने क्रममा डिसब्यालेनस भएर तीन फिट पर सरेको छ, टर्निङको क्रममा जहाजको देब्रेपट्टिको चक्का चिप्लिएको हो । अहिले जहाज निकाल्ने काम भइरहेको छ ”, उहाँले भन्नुभयो ।

जहाज उडानका लागि कुनै समस्या नरहएको पनि प्रवक्ता शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“झण्डै ४५ मिनेटदेखि जहाजलाई धावनमार्गतिर निकाल्ने प्रयास भइरहेको छ । उडान अवतरणमा कुनै समस्या हुदैन ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङमा जहाज चिप्लिएकाले विमानस्थलबाट हुने सम्पूर्ण उडान सञ्चालनमा कुनै अवरोध नभएको पनि विमानस्थलले जनाएको छ ।

गतसाता बुद्ध एअरको एउटा विमानमा अवतरणसम्बन्धी समस्या देखिएको थियो ।

काठमाण्डौंबाट विराटनगरका लागि उडेको बुद्ध एअरको विमानलाई पुनः काठमाण्डौं नै फर्काएर अवतरण गराउनु परेको थियो। विमानको ल्यान्डिङ गिअरको एउटा इन्डिकेटरले सङ्केत नगरेपछि विमानलाई फर्काइ त्यसमा रहेको इन्धन कम गर्न काठमाण्डौंको आकाशमा फन्को मार्न लगाएर अवतरण गराइएको थियो।

चालक दलका सदस्यबाहेक ७३ जना सवार बुद्ध एअरको विमान बिहान ८ बजेर ३५ मिनेटमा काठमाण्डौंबाट उडेको थियो। विराटनगर नजिकको आकाशबाट फर्काइएको विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजेर २७ मिनेटमा अवतरण गराइएको थियो।

समस्या देखिएको विमान आवश्यक प्राविधिक जाँचपछि पुनः उडानमा फर्किएको छ । प्राविधिक पक्षबारे आवश्यक रिपोर्ट नआउँदै विमानलाई पुनः सञ्चालनमा ल्याइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com