दसैं अगाडि १८ बर्षमुनिकालाई खोप सुरु गरिने बताएका राज्यमन्त्री श्रेष्ठ भन्छन्: ‘अब दसैँपछि’


प्रकाशित मिति : आश्विन १७, २०७८ आईतबार

गत साता चितवनमा संचारकर्मीसँगको कुराकानीमा दशैं अगाडि नै नेपाल सरकारले १८ बर्षभन्दा मुनीका किशोर किशोरीहरुले लगाउन मिल्ने कोरोनाबिरुद्धको खोप ल्याउने र लगाउन सुरु गरिने बताएका सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज १८ बर्षभन्दा कम उमेरकालाई दसैंपछि खोप लगाउन सुरु गरिने बताएका छन् । यसअगाडि उनले दसैँ अगाडि एकलाख डोज खोप ल्याइने र फाइजर खोप ल्याउने प्रकृया अन्तिम चरणमा पुगेको बताएका थिए ।

राज्यमन्त्री श्रेष्ठले आज बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पतालमा दिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै दसैँलगत्तै एक लाख फाइजर खोप आउने उनले बताए । १८ वर्षमुनिका बालबालिकाका लागि एक करोड मात्रा कोरोना विरुद्धको खोप आउने सुनिश्चित भइसकेको उनले बताए । ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदका लागि व्यवस्था भइसकेको उनले बताए ।

सरकारले ६० लाख फाइजर खोप खरिद गरिएको र त्यो छिट्टै आउने बताइरहँदा उक्त खोपको भण्डारण पूर्वाधार नेपालमा उपलब्ध छैन। सरकारले यस अगाडि माइनस ७० डिग्री सेल्सीअसमा भण्डारण गरिने कोभिड-१९ विरुद्धको फाइजर खोप केन्द्र र प्रदेशहरूमा भण्डारण गर्न मिल्नेगरी संरचनाहरू निर्माण गर्ने प्रक्रिया अघि बढाएको बताएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुखले खोप भण्डारणको क्षमता विस्तारको कामलाई अघि बढाइएको र सन् २०२२ को प्रारम्भमा फाइजर खोप राख्न मिल्ने किसिमको चिस्यानसहितको भण्डारण क्षमता जडान भइसक्ने बताएका थिए ।

नेपालले विश्व ब्याङ्क र गाभीमार्फत् ४० लाख मात्रा मोडेर्ना खोप खरिदका लागि पनि सम्झौता गरेको छ। माइनस ५० देखि माइनस १५ डिग्री सेल्सीअसबीचको फ्रिजरमा भण्डारण गरिने उक्त खोप २ देखि ८ डिग्री सेल्सीअस तापक्रम कायम गर्न सक्ने रेफ्रिजेरेटरमा एक महिनासम्म राख्न सकिने बताइएको छ।

४० लाख मोडेर्ना र थप फाइजरका खोपहरू केही महिनाभित्रै

यस अगाडि १२ देखि १८ वर्षको उमेर समूहका बालबालिकालाई लक्षित गरिएका खोप चाँडोमा आगामी पुसको अन्तिमसम्ममा आइपुग्ने सरकारी अधिकारीहरुले बताएका थिए ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ४० लाख मोडेर्ना र थप फाइजरका खोपहरू केही महिनाभित्रै नेपालमा भित्रने बताइरहेका छन्। सरकारले कोभ्याक्स सुविधा अन्तर्गत मोडेर्ना र फाइजरका खोप खरिद् सम्बन्धी सम्झौता गरेको छ ।

उक्त उमेर समूहका व्यक्तिहरूलाई खोप दिन कार्य योजना बनाइएको र त्यसअनुसार खोप खरिदको प्रक्रिया अगाडि बढाइएको सरकारी भनाई छ । नेपालमा अहिलेसम्म १८ वर्ष भन्दा बढीको उमेर समूहलाई तीन प्रकारका कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराइदै आएको छ।

नेपालमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाइदै

आष्ट्राजेनेका (कोभिशिल्ड) , भेरोसेल र जोन्सन एण्ड जोन्सनका खोपहरु नेपालमा वितरण गरिएका छन् । जसमध्ये सबैभन्दा धेरै भेरोसेल वितरण गरिएको छ ।

पुस मसान्तसम्म बालबालिकाहरुलाई लगाउन मिल्ने त्यस्ता खोपहरू ल्याउने योजना रहेको र अहिले १८ वर्ष भन्दा बढी उमेर समूहका व्यक्तिलाई नै सकेसम्म चाँडो र धेरै भन्दा धेरै खोप उपलब्ध गराउने हिसाबले केन्द्रित भएर काम गरिरहेको सरकारी अधिकारीको भनाई छ ।

मोडेर्ना खोपको खरिदका लागि नेपाललाई ७ अर्ब ९४ करोड रुपियाँ भन्दा बढी आर्थिक सहायता उपलब्ध गराएको विश्व ब्याङ्कले गएको अगस्टमा मोडेर्ना खोप सन् २०२२ को मार्चमा आइपुग्ने अपेक्षा गरिएको बताएको थियो। उक्त खोप १२ देखि १७ वर्षको उमेर समूहका लागि पनि प्रभावकारी र सुरक्षित रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com