अमेरिकाको अन अराइभल भिसाको सुचीमा नयाँ देश थपिदै, नेपाल किन योग्य छैन ?


प्रकाशित मिति : आश्विन १३, २०७८ बुधबार

अमेरिकाले अन अराइभल भिसाको सुचीमा नयाँ देश थप्न लागेको छ । भिसा वेभर कार्यक्रम अन्तरगत भिजिटर भिसाका लागि अमेरिकाले बेलाबेलामा देशहरुको सुची पुनरावलोकन गर्दै आएको छ । जस अन्तरगत क्रोएसियालाई थप्न लागेको हो ।

क्रोएसियाका नागरिकहरु डिसेम्बरको ढिलोमा पहिलोसाताबाटै भिसा वेभर कार्यक्रमका लागि योग्य हुने भएका छन् । अमेरिकाको भिसा वेभर कार्यक्रमका लागि योग्य हुने देशमा क्रोएसिया ३९ देश भएको छ ।

भिसा वेभरका लागि योग्य देशका नागरिकले अमेरिकाको इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथोराइजेनश इस्टामार्फत अमेरिका प्रवेश गर्नुभन्दा ७२ घण्टा अगाडिसम्म आवेदन दिनसक्छन् । उनीहरुले दूतावास वा कन्सुलेटबाट भिसा लिन आवश्यक हुँदैन । उनीहरुले ९० दिनसम्मको भिजिटर भिसा बी प्राप्त गर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल भने भिसा वेभर कार्यक्रमका मापदण्डहरु पूरा गर्न नसकेका कारण अमेरिकाको अन अराइभल भिसाका लागि अयोग्य भएको हो । यो कार्यक्रमका लागि योग्य हुन अमेरिकन नागरिकका लागि पनि समान प्रकारको भिसा वेभरको सुविधा दिइएको हुनुपर्छ भने दूतावास वा कन्सुलेटमा भिसा आवेदन दिंदा भिसा अस्वीकृत दर ३ प्रतिशतभन्दा कम हुनुपर्छ । नेपालीको भिसा अस्वीकृत दर ५० प्रतिशतको हाराहारीमा छ ।

अमेरिकी दूतावास काठमाडौं

पासपोर्ट चोरी भएको वा हराएको रिपोर्ट २४ घण्टाभित्र इन्टरपोलमार्फत अमेरिकालाई दिनुपर्ने, मेसिन रिडेबल पासपोर्ट लागु गरेको हुनुपर्ने लगायतका ८ वटा मापदण्ड पूरा गरेका मुलुकमात्र अमेरिकाको भिसा वेभर कार्यक्रमका लागि योग्य हुन्छन् । नेपाल भिसा वेभर कार्यक्रमका लागि अयोग्य हुनुको मुख्य कारण अमेरिकाले नेपालीलाई भिसा अस्वीकृत गर्नेदर अत्याधिक हुनु हो ।

नेपालीको भिसा अस्वीकृत दर कस्तो छ ?

आर्थिक बर्ष २०२० मा आवेदकमध्ये झण्डै ५१ दशमलव ९ प्रतिशत नेपालीहरुलाई अमेरिकाले भिजिटर भिसा प्रदान गरेको छ । विगत तीनवर्षको अवधिमा सन् २०२० मा अमेरिकाको भिजिटर भिसा स्वीकृत हुने नेपालीहरुको प्रतिशत दर सबैभन्दा उच्च हो ।

आर्थिक बर्ष २०२० मा झण्डै १५ हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसा आवेदन दिएका थिए । त्यसमध्ये ७ हजार ७ सय ५१ जनाको भिजिटर भिसा स्वीकृत भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जसमा बी वानमात्र पाउनेहरु १३ जना, बी टु मात्र पाउनेहरु १ जना र बीवान बीटु भिसा पाउनेहरु ७ हजार ७ सय ३७ जना रहेका छन् ।

आवेदकमध्ये झण्डै ७ हजार २ सय नेपालीहरुको भिजिटर भिसा अस्वीकृत भएको तथ्यांकले देखाएको छ । २०२० मा कुल आवेदकहरुमध्ये ४८ दशमलव १ प्रतिशतको भिजिटर भिसा अस्वीकृत भएको थियो ।

नेपालीको भिजिटर भिसा अस्वीकृत दर आर्थिक बर्ष सन् २०१९ मा ५० दशमलव ७ प्रतिशत र २०१८ मा ५१ दशमलव ५ प्रतिशत रहेको थियो । आर्थिक बर्ष २०१७ मा भने अस्वीकृत दर ४६ दशमलव ४ प्रतिशतमात्र थियो ।

आर्थिक बर्ष २०१९ को तुलनामा भिसा पाउने प्रतिशत दर बढेपनि संख्या भने घटेको छ । २०१९ मा १७ हजार १ सय १४ नेपालीहरुलाई अमेरिकाको भिजिटिर भिसा प्राप्त गरेकोमा २०२० मा यो संख्या ६० प्रतिशतभन्दा धेरैले घटेको छ ।

आर्थिक बर्ष २०१८ मा भने नेपालीहरुको भिजिटर भिसा अस्वीकृत दर सन् २०१२ पछिकै सबैभन्दा धेरै रहेको थियो । सन् २०११ मा भने त्योभन्दा पनि धेरै कुल आवेदकमध्ये ५९ दशमलव ९ प्रतिशत नेपालीहरुको भिजिटर भिसा अस्वीकृत भएको थियो । सन् २००६ देखि सन् २०११ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुभन्दा नपाउनेहरुकै प्रतिशतदर उच्च थियो ।

तर सन् २०१२ देखि २०१७ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुको प्रतिशत नपाउनेहरुको तुलनामा बढी थियो । सन् २०१४ मा त कुल भिजिटर भिसाका नेपाली आवेदकहरुमध्ये ६१ दशमलव ८ प्रतिशतले भिसा पाएका थिए । कुल आवेदकमध्ये जम्मा ३८ दशमलव २ प्रतिशत नेपाली आवेदकको भिजिटर भिसा अस्वीकृत भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com