अमेरिकाका लागि नेपाली राजदूत खतिवडासहित १० राजदूतलाई फिर्ता बोलाइने


प्रकाशित मिति : आश्विन ५, २०७८ मंगलबार

सरकारले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी सहित विगतको केपी शर्मा ओली सरकारले नियुक्त गरेका १० राजदूतलाई फिर्ता बोलाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारले राजनीतिक कोटामा पठाएका १० राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सोमबार वासिंटन डिसीमा संविधान दिवस मनाउने क्रममा आयोजित रिसेप्सनमा अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा ।

चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेय, बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, कतारका लागि नेपाली राजदूत नारदमुनि भारद्धाज, इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्य, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, स्पेनका लागि नेपाली राजदूत दावाफूटी शेर्पा, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत डा. निर्मलकुमार विश्वकर्मालाई पनि फिर्ता बोलाइने भएको छ ।

ओमानकी राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई ओली नेतृत्वको सरकारले अर्को नियुक्ति नभएसम्म म्याद थप गर्दै राजदूत पदमा निरन्तरता दिएको थियो । तर, मन्त्रिपरिषद् बैठकले यी दुई राजदूतबारे केही बोलेको छैन । जापानी राजदूत राणा प्रधानमन्त्री शेरबहादुर देउवाकै सासु भएकाले उनीबारे के हुने भन्ने टुंगो पनि लागेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका आएको साढे ७ महिनामा फर्कदै खतिवडा

खतिवडा साढे ७ महिना अगाडि अमेरिकाका लागि नेपाली राजदुत नियुक्त भएर वासिंटन डिसी गएका थिए । खतिवडा अगाडि डाक्टर अर्जुनबहादुर कार्की अमेरिकाका लागि नेपाली राजदूत रहेका थिए ।

राजदुत खतिवडा नेपाली अर्थविद् तथा नेपालका पूर्व अर्थमन्त्री समेत हुन् । उनी नेपाल राष्ट्र बैङ्कको पन्ध्रौँ गभर्नर थिए । उनले कोलम्बोमा यूएनडीपी रिजनल सेन्टरमा तीन वर्ष अर्थशास्त्रीको रूपमा काम गरेका थिए ।

युवराज खतिवडा बिक्रम सम्बत २०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष भएका थिए । उनी ओली मन्त्रिमण्डलका अर्थमन्त्री थिए । गोकुल बाँस्कोटाले राजिनामा दिएपछि उनले  सुचना तथा सञ्चार प्रविधि मन्त्रीको समेत काम गरेका थिए ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com