सेप्टेम्बरभित्र उच्च प्राथमिकतामा डाइभर्सिटी भिसा जारी गर्न अदालतको आदेश, विजेतामा तनाव र अन्यौल


प्रकाशित मिति : भाद्र २७, २०७८ आईतबार

वासिंटन डिसी अदालत

वासिंटन डिसीको अदालतका संघीय न्यायाधिस अमित मेहताले सन् २०२१ को डाइभर्सिटी भिसालाई सबैभन्दा कम प्राथमिकता दिने अमेरिकी विदेशमन्त्रालयको नीति कार्यान्वयनमा रोक लगाउँदै सेप्टेम्बर ३० भित्र सही प्रयासका साथ डाइभर्सिटी भिसा जारी गर्न निर्देशन दिएका छन् । तर सन् २०२१ का लागि डाइभर्सिटी भिसा जारी गर्ने अवधि झण्डै २ सातामात्र बाँकी रहेकाले भिसा नपाएका डिभी विजेताहरु भने अन्यौल र तनावमा रहेका छन् ।

अमेरिकी दूतावास र कन्सुलेटहरुले २०२१ का डिभी विजेतालाई गत बर्षको अक्टोबरदेखि भिसा जारी गर्नुपर्ने भएपनि तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण भिसा जारी गरेका थिएनन् । राष्ट्रपति जो बाडडेनले ट्रम्पको कार्यकारी आदेश खारेज गरेपनि डाइभर्सिटी भिसालाई विदेश मन्त्रालयले अन्तिम प्राथमिकतामा राखेका कारण अत्यन्तै कमलेमात्र भिसा पाउन सफल भएका छन् ।

अमेरिकी दूतावास काठमाडौं

सेप्टेम्बरभित्र कति डाइभर्सिटी भिसा जारी हुनेछ भन्ने यकिन नभईकन जारी नभएका कति डाइभर्सिटी भिसालाई संरक्षण गर्ने भन्नेबारे निर्णय गर्नु अपरिपक्व हुने उल्लेख गर्दै न्यायाधिस मेहताले सेप्टेम्बर ३० अगाडि विजेताहरुलाई तीब्र गतिमा भिसा जारी गर्न आदेश दिएका छन् । आर्थिक बर्ष २०२१ को अन्तिममा जारी हुन बाँकी कति डाइभर्सिटी भिसालाई संरक्षण प्रदान गर्ने भन्नेबारे अर्को आदेश जारी गर्ने मेहताले संकेत दिएका छन् ।

मेहताको आदेश अनुशार अब डाइभर्सिटी भिसालाई दूतावास र कन्सुलेटहरुले चौथो तथा अन्तिम प्राथमिकतामा राख्न पाउने छैनन् । तर अमेरिकी विदेशमन्त्रालयले यसबारे दूतावास वा कन्सुलेटका नाममा औपचारिक निर्देशन जारी गरेको जानकारी भने प्राप्त भएको छैन । अमेरिकी विदेश मन्त्रालयले अदालतको आदेश कसरी कार्यान्वयन गर्नेछ भन्ने हेर्न भने बाँकी रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअगाडि अदालतले आर्थिक बर्ष सन् २०२० का संरक्षण गरिएका ९०९५ डाइभर्सिटी भिसा जारी गर्न सरकारलाई आदेश दिएको थियो । सरकारले ती भिसाहरु आर्थिक बर्ष २०२३ भन्दा अगाडि जारी गर्न नसकिने जवाफ दिएको थियो ।

कति नेपालीले पाए डाइभर्सिटी भिसा?

अमेरिकी दूतावास काठमाडौंले जुलाईमा ८३ जनालाई डाइभर्सिटी भिसा जारी गरेको थियो । जुनसम्म अत्यन्तै कममात्र डिभी विजेताहरुलाई भिसा जारी गरेको अमेरिकी दूतावास काठमाडौंले जुलाईमा भने उल्लेख्यमात्रामा डिभी विजेताहरुलाई भिसा जारी गरेको हो ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार जुन महिनाको तुलनामा जुलाईमा पाँचगुणाभन्दा धेरैलाई भिसा जारी गरेको थियो । जुन महिनामा अमेरिकी दूतावास काठमाडौंले जम्मा १६ जनालाई डाइभर्सिटी भिसा जारी गरेको थियो । अगस्तमा जारी गरेको भिसा विवरण भने सार्वजनिक हुन बाँकी रहेको छ ।

मे महिनासम्म आर्थिक बर्ष सन् २०२१ का डिभी विजेताहरुलाई अमेरिकी दूतावास काठमाडौंले भिसा जारी गरेको थिएन । जुनबाटमात्र भिसा जारी गर्न सुरु गरेको हो ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको छ । उनीहरुमध्ये ३६ सयभन्दा धेरैले अझै भिसा पाएका छैनन् ।   उनीहरुले गतबर्षको अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि  ट्रम्पको आप्रवासन रोकका कारण भिसा पाउनमा ढिलो भएको थियो । तर पछि बाइडेन प्रशासनले रोक हटाउँदा पनि दूतावासले मेसम्म भिसा जारी नगर्दा भिसा पाउनेहरुको संख्या कम भएको हो ।

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ । आगामी अक्टोबर १ देखि आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले भिसा पाउन सुरु गर्नेछन् । गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा पनि  मे ८ मा आइसकेको छ । आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com