भदौ १६ सम्म थपियो काठमाडौं उपत्यकाको निषेधाज्ञा, कुन क्षेत्रमा निषेध कायमै?


प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार

काठमाडौं उपत्यकाको निषेधाज्ञा भदौ १६ सम्म थपिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले पूरानै निषेधलाई कायमै राख्दै निषेधाज्ञा थप गरेको हो। यसअघिको निषेधाज्ञा भदौ ८ गते राति १२ बजे सकिँदैथ्यो।

निषेध आदेशमा विद्यालय, कलेज, ट्युसन सेन्टर, कोचिङ सेन्टर र तालिम केन्द्रसहितका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने व्यवस्था कायमै राखिएको छ।

यस्तै, पुजारीबाट हुने नित्यपूजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न पाइनेछैन भने स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछैन। चोक तथा खुला स्थानमा मानिसहरु भेला हुन, भिडभाड गर्न, सभा, जुलुस जात्रा, महोत्सव भोजभतेर आदि गर्न गराउन पाइनेछैन भने सबै प्रकारका सभासम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भिडभाड हुने अन्य कार्यक्रम गर्न पाइनेछैन।

अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेस्टुँरा, एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरि प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ। औषधि तथा स्वास्थ्यसामग्रीसम्बन्धी पसलबाहेक अन्य पसल तथा व्यवसायहरु साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निषेध आदेशको पूर्ण विवरणका लागि तलको लिंक क्लिक गर्नुहोला

िनषेध आदेश

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com