अक्टोबर १ देखि रोजगारमा आधारित ग्रिनकार्डको कोटा दोब्बर, २० हजार जनासम्म नेपालीले पाउने


प्रकाशित मिति : श्रावण ३२, २०७८ सोमबार

आगामी अक्टोबरदेखि अमेरिकाले रोजगारमा आधारित ग्रिनकार्डको बार्षिक कोटा चालु आर्थिक बर्षको तुलनामा झण्डै दोब्बर बनाउने भएको छ । चालु आर्थिक बर्षका लागि रोजगारमा आधारित ग्रिनकार्डको बार्षिक कोटा १ लाख ४० हजार रहेकोमा आगामी आर्थिक बर्षका लागि त्यो झण्डै दोब्बरभन्दा बढी अर्थात् २ लाख ९० हजारभन्दा बढी बनाइने भएको छ ।

एउटा देशका लागि पूर्ण कोटाको अधिकतम ७ प्रतिशतसम्म ग्रिनकार्ड जारी गर्नसकिने भएकाले नेपालीहरु अधिकतम २० हजारभन्दा बढी ग्रिनकार्डका लागि यो श्रेणीको ग्रिनकार्डका लागि योग्य हुनसक्नेछन् । यो श्रेणीको ग्रिनकार्ड नेपालबाटै पनि फाइल गर्नसकिन्छ ।

चालु आर्थिक बर्षमा महामारीका कारण रोजगारमा आधारित ग्रिनकार्डमा धेरै आप्रवासी भिसाहरु जारी हुन नसकेपछि उक्त कोटा आगामी आर्थिक बर्षका लागि थपिने भएको हो । कोरोनाको महामारीका कारण विदेशमा रहेका अमेरिकी दूतावास र कन्सुलेटहरुले रोजागारमा आधारित ग्रिनकार्डका लागि आप्रवासी भिसा अत्यन्तै कम संख्यामामात्र जारी गरेका छन् ।

त्यस्तै अमेरिकामा पनि युएससीआईएसमा रोजगारमा आधारित ग्रिनकार्ड लगायतका आवेदनमा चर्को ब्याकलग रहेको छ । नेपालका लागि आगामी सेप्टेम्बरमा पनि रोजगारमा आधारित सबै श्रेणीका ग्रिनकार्डहरु करेन्ट रहेका छन् । तर चीन र भारतका लागि भने दोश्रो र तेश्रो श्रेणीका ग्रिनकार्डहरु सेप्टेम्बर करेन्ट छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिसा करेन्ट नभएको अवस्थामा अमेरिकामा हुनेले ग्रिनकार्ड आवेदन आई ४८५ दिनका लागि भिसा करेन्ट हुन्जेल प्रतिक्षा गर्नुपर्छ भने अमेरिकाबाहिर हुनेका सन्दर्भमा भिसा करेन्ट भइसकेपछिमात्र नेशनल भिसा सेन्टरले प्रकृया अगाडि बढाउँछ । रोजगारमा आधारित ग्रिनकार्डमा अस्थायी कामदार भिसाहरु एच श्रेणीका भिसाहरु पर्दैनन् ।

रोजागारमा आधारित पहिलो श्रेणीमा विज्ञान, कला, शिक्षा, व्यवसाय, खेलकुदमा असाधारण प्रतिभा भएकाहरु पर्छन् । त्यस्तै उत्कृष्ट शोधकर्ताहरु र प्राध्यापाकहरु यो श्रेणीमा पर्छन् । उनीहरुसँग कम्तीमा तीनबर्षसम्म प्राध्यापन वा शोधको अनुभव भएको हुनुपर्छ । त्यस्तै बहुराष्ट्रिय प्रबन्धक वा कार्यकारीहरु पनि यो श्रेणीमा पर्छन् । अमेरिकी रोजगारदाताको विदेशमा रहेको शाखा, सम्बन्धित कम्पनी वा सहायक कम्पनीमा कम्तीमा तीनबर्ष काम गरेकाहरु यो श्रेणीको ग्रिनकार्डका लागि योग्य हुन्छन् ।

दोश्रो श्रेणीमा एड्भान्स डिग्रीहोल्डरहरु र अपवादयुक्त क्षमता भएकाहरु पर्छन् । तेश्रो श्रेणीमा दक्ष कामदार, पेशाकर्मी र कम क्षमता भएका कामदारहरु पर्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com