नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, कहाँ कति मृत्यु?


प्रकाशित मिति : श्रावण २२, २०७८ शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २५ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो।

प्रदेशगत हिसाबले सबैभन्दा धेरै मृत्यु बागमती प्रदेशमा भएको छ। यहाँ हालसम्म ४ हजार २ सय ७४ जनाको मृत्यु भएको छ। यस्तै, लुम्बिनीमा १ हजार ६ सय २२, प्रदेश १ मा १ हजार ४ सय ४, गण्डकीमा १ हजार १ सय १, प्रदेश २ मा ७ सय ७४, सुदूरपश्चिममा ४ सय ४६ र कर्णालीमा ४ सय २५ जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा काठमाडौंमा १ हजार ९ सय ८०, भक्तपुरमा ३ सय ९६ र ललितपुरमा ६ सय जनाको मृत्यु भएको छ।

उमेरगत हिसाबले सबैभन्दा धेरै मृत्यु ६० वर्षभन्दा माथिको भएको छ। हालसम्म यो उमेर समूहका ५ हजार ३ सय ८७, ५० देखि ५० वर्षका १ हजार ९ सय ६१, ४० देखि ४९ वर्ष उमेरका १ हजार ४ सय ३७, ३० देखि ३० वर्ष उमेरका ८ सय २८, २० देखि २० वर्षका ३ सय ४, १० देखि १९ वर्षका ५० र ९ वर्षसम्मका ४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक हेर्न तलकाे लिंकमा क्लिक गर्नुहोला

काेराेना तथ्यांक

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३७२९ नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१८२ जनामा एन्टिजेन र ९४९३ जनामा पिसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। उपत्यकामा काठमाडौंमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ संक्रमित थपिएका छन्।

त्यस्तै, १६६५ संक्रमित निको भई डिस्चार्ज भएका छन्। हाल देशभर ३४ हजार ९ सय ४२ संक्रिय संक्रमित रहेका छन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com