लक्षित समूहबाहेकका व्यक्ति आएपछि वीर र टेकु अस्पतालमा खोप कार्यक्रम स्थगित


प्रकाशित मिति : श्रावण १६, २०७८ शनिबार

लक्षित समूहभन्दा बाहिरका व्यक्तिले खोप लगाएको भन्दै काठमाडौंका केही अस्पतालमा पहिलो मात्राको खोप कार्यक्रम स्थगित गरिएको छ।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल (टेकु) र वीर अस्पतालमा लक्षित समूहभन्दा बाहेकका व्यक्ति खोप लगाउन आएको र भीड नियन्त्रण गर्न कठिन भएको भन्दै केही समयका लागि खोप कार्यक्रम स्थगित गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

बिहीबारदेखि ५० वर्षमाथिका र खोप दिन छुटेकालाई भेरोसेल खोप लगाउन थालिएको थियो।

तर, ६ वटा खोप केन्द्रबाट अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुलाई खोप लगाइने कार्यालयले जनाएकाे छ। जसका लागि प्रसुती गृह अस्पताल, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती कर्मचारी अस्पताल, शिक्षण अस्पताल, राधाश्वामी आइसोलेसन सेन्टर, सशस्त्र प्रहरी अस्पताल बलम्बु तोकिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महानगरपालिकाका ३२ वटा वडाको खोप केन्द्र र अरु १० वटा नगरपालिकाका खोप केन्द्रहरुमा भेरोसेल पहिलो मात्रा लगाउने कार्यक्रम भने यथावत रूपमा चल्ने काठमाडौं जनस्वास्थ्यले जनाएको छ।

करिब ५७ लाख नेपालीमा खोपको पहुँच पुगेको स्वास्थ्य राज्यमन्त्रीको दाबी
यसैबीच, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले .हालसम्म करिब ५७ लाख नेपालीमा खोपको पहुँच पुगेको दाबी गरेका छन्। शनिबार राति ट्वीटमार्फत् उनलै हालसम्म कूल ५६ लाख ८२ हजार ६ सय २७ जनामा खोपको पहुँच पुगेको दाबी गरेका हुन्।

राज्यमन्त्री श्रेष्ठले साउन १६ गते शनिबारमात्रै २ लाख ८० हजार ९ सय ४१ जनाल० कोभिड १९ विरुद्धका० खोप लगाएको जानकारी दिएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com