२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
ट्याक्स टिप्स

आईआरएसले यो साता १० हजार २ सय डलर बेरोजगारी विमाको ४ मिलियन डलर ट्याक्स रिफण्ड पठाउँदै

गतबर्ष बेरोजगारी विमा रकम लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले १ दशमलव ९ ट्रिलियनको राहत प्याकेजमा हस्ताक्षर गर्नु अगाडि नै ट्याक्स फाइल गरेकाहरुलाई आईआरएसले १० हजार २ सय डलरको ट्याक्स तिरेको रकम रिफण्ड गरिरहेको छ । यसैक्रममा यो साता आईआरएसले करदाताहरुलाई ४ मिलियन डलर रिफण्ड पठाउने भएको छ ।

औषतमा रिफण्ड रकम १२६५ डलर रहेको छ । त्यसको अर्थ कतिपयले त्योभन्दा बढी रकम पाउनेछन् भने कतिपयले कम रकम पाउनेछन् ।

नयाँ नियम अनुशार बेरोजगारी विमाको सुरुको १० हजार २ सयमा संघीय ट्याक्स छुट दिइएको थियो तर उक्त नियम नआउँदै कैयनले बेरोजगारी विमाको सुरुको १० हजार २ सयको समेत ट्याक्स तिरेर ट्याक्स फाइल गरेका थिए । यो संख्या झण्डै १३ मिलियन रहेको थियो ।

पुरानै प्रणाली अन्तरगत ट्याक्स फाइल गरेका अधिकांशले उक्त रकमको ट्याक्स छुट रिफण्ड प्राप्त गर्न कुनै कदम चाल्न नपर्ने आईआरएसले जनाएको छ । आईआरएसले आफै हिसाब गरेर उक्त रकम करदाताको खातामा रिफण्ड गरिरहेको छ । यदि विवाहित दम्पत्तिले संयुक्त रुपमा ट्याक्स फाइल गरेको खण्डमा बेरोजगारी विमाको २० हजार ४ सय सम्ममा ट्याक्स छुट प्राप्त हुन्छ ।

सुरुमा आईआरएसले १० हजार २ सयसम्मको ट्याक्स छुटका लागि योग्य एकल करदाताहरुको हिसाब हिसाब गरेर रिफण्ड पठाएको थियो । त्यसपछि आईआरएसले विवाहित दम्पत्तिको ट्याक्स छुटका लागि हिसाव गरेर रिफण्ड पठाएको थियो ।

उदाहरणका लागि १० हजार २ सयको ट्याक्स तिरिसकेकाहरुले आईआरएसलाई बुझाउने कुल ट्याक्स रकम २ हजार डलर छ तर ट्याक्स रकम बुझाइसकेको छैन भने ट्याक्स छुटबाट प्राप्त हुने रकम उक्त २ हजारमा घटाएर तिर्नुपर्ने रकम कम बनाइनेछ । तर रकम तिरिसकेको छ वा तिर्ने रकमको तुलनामा १० हजार २ सयको ट्याक्स रिफण्ड आउने रकम धेरै रहेको छ भने हिसाब गरेर करदाताको खातामा पठाइनेछ ।

ट्याक्स फाइल गर्दा बैंक खाता दिएकाहरुको हकमा बैंक खातामा पठाइने र नदिएकाहरुको हकमा हुलाकबाट चेक पठाइने आईआरएसले जनाएको छ । बैंक खाता नदिएकाहरुको सन्दर्भमा चेक प्राप्त हुन लामो समय लाग्नसक्नेछ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

 

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →