न्युयोर्कबाट झण्डै २ महिनादेखि ३६ बर्षका मनोज बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह


प्रकाशित मिति : असार ७, २०७८ सोमबार

अमेरिकाको न्युयोर्कबाट झण्डै २ महिनादेखि बेपत्ता नेपाली ३६ बर्षका मनोज शर्माको बारेमा अहिलेसम्म केही पत्ता नलागेपछि उनको नेपालमा रहेको परिवार चिन्तित भएको छ । नेपालको बाग्लुङमा रहेको उनको परिवारले मनोजको खोजीगरिदिन अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुसमक्ष आग्रह गरेका छन् ।

मनोजका बुबाले आफूहरुलाई सम्पर्क गरेर छोराको खोजी गरिदिन आग्रह गरेका  एनआरएनए  अमेरिका न्युयोर्क च्याप्टरका नवनिर्वाचित कोषाध्यक्ष आशिष सापकोटाले खसोखासलाई जानकारी दिए । उनको खोजीका लागि प्रहरीलाई समेत खबर गरिसकिएको तर अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको सापकोटाले बताए ।

झण्डै ८ बर्षअगाडि अमेरिका आएका शर्माको सबै परिवार बाग्लुङमा रहेको छ । केही पहिले आमाको पनि निधन भएको र मनोजका बुबापनि छोराको बारेमा निकै चिन्तित भएको जनाइएको छ । अमेरिका आउने क्रममा मनोजको मोटो रकम खर्च भएको समेत जनाइएको छ ।

मनोज पछिल्लो समय सडकमा हिड्दै गरेको अवस्थामा देखिएका थिए ।

उनी न्युयोर्कको क्वीन्सको ज्याक्सनहाइटमा बस्दै आएका थिए । तर पछिल्लो समयमा उनी बाहिरै बस्ने खाने समेत गर्दै आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मनोज केहीपहिले न्युयोर्कको म्यानहटनमा रहेको माउन्ट साइनाई अस्पतालमा उपचारका लागि गएका थिए । त्यसपछि उनी कता गएभन्नेबारे केही खुलेको छैन । उनको स्वास्थ्य अवस्था पनि नराम्रो रहेको जनाइएको छ । उनको बारेमा कुनै जानकारी भएमा वा कतै देखिएमा बाग्लुङ समाज अमेरिकाकालाई ४४३ ६३६ ७१९२ वा  आफूलाई ९१७ ६२७ ०३२० मा खबर गरिदिन एनआरएनए  अमेरिका न्युयोर्क च्याप्टरका नवनिर्वाचित कोषाध्यक्ष सापकोटाले आग्रह गरेका छन् ।

यस अगाडि जनवरीको तेश्रो साता न्युयोर्कबाट हराएका नेपाली विद्यार्थी २२ बर्षीय अजय साहको शव अप्रिलको अन्तिम साता भेटिएको थियो ।
जनवरी २० को विहान झण्डै ५ बजे अन्तिमपटक ब्रुकलिन ब्रिजमा देखिएका अजयको शव हडसन रिभर र इष्ट रिभरको मिश्रण भएको बु्रकलिन ब्रिज नजिकैको पानीमा एंकरेज च्यानलमा भेटिएको थियो ।

त्यस्तै मार्चको अन्तिम साता अमेरिकाको पेन्सिलभेनियाबाट ओहायो जाने क्रममा नेपालीभाषी २१ बर्षका युवा रविन सुवेदी बेपत्ता भएका थिए । उनको शव लेक इरीमा मे महिनाको पहिलो साता भेटिएको थियो । मार्च २६ मा बेपत्ता उनको तीब्र खोजी गरिएपनि शव भेटिन लामो समय लागेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com