युएससीआईएसबाट अस्वीकृत निश्चित प्रकारका आवेदन अगस्त ९ सम्म पुनः पेश गर्न पाइने


प्रकाशित मिति : जेष्ठ २७, २०७८ बिहीबार

युएससीआईएसको लकबक्समा भएको ढिलाई कारण प्रभावित निश्चित प्रकारका आवेदनमा राहत प्रदान गर्नका लागि युएससीआईएसले निश्चित समयअवधि सम्मका लागि आवेदन स्वीकार गर्नका लागि लचकता अपनाउने भएको छ । यो लचकता युएससीआईएसको लकबक्समा फाइल गरिएका आवेदनमा सन्दर्भमा मात्र अपनाइने तर युएससीआईएसका सर्भिस सेन्टर वा फिल्ड अफिसमा अध्यागमन सुविधाका लागि फाइल गरिएका आवेदनका सन्दर्भमा नपानाउने युएससीआईएसले स्पष्ट पारेको छ ।

कोरोना महामारीका कारण गरिएका कडाईहरु, आवेदन संख्यामा भएको बृद्धि, हुलाक सेवाकोमात्रा र अन्य वाह्य तत्वहरुका कारण केही आवेदक वा याचिकाकर्ताहरुले युएससीआईएसको लकबक्समा अध्यागमन सुविधाका लागि आवेदन पठाएपछि रिसिप्ट वा आवेदन अस्वीकृत भएको सुचना प्राप्त गर्नमा ढिलाई भएको थियो । यसरी प्रभावित भएकाहरुलाई युएससीआईएसले जुन १० देखि अगस्त ९ सम्म ६० दिनको अवधिका लागि आवेदन पेश गर्ने अर्को मौका दिने भएको छ ।

यदि तपाईले कुनै अध्यागमन सुविधाका लागि युएससीआईएसको लकबक्समा सन् २०२० को अक्टोबर १ देखि सन् २०२१ को अप्रिल १ भित्र आवेदन पठाउनुभएको थियो । र, आवेदन प्रतिक्षाको प्रकृयामा रहेका बेलामा आवेदन शुल्कको पेमेन्ट एक्सपायर भएका कारण आवेदन अस्वीकृत भएको थियो भने तपाईले नयाँ पेमेन्ट सहित जुन १० देखि अगस्त ९ भित्र आवेदन पुन पठाउन सक्नुहुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि युएससीआईएसले ढिलाई कारण आवेदन अस्वीकृत गरिएकोमा सहमति जनाएको खण्डमा जुन १० देखि अगस्त ९ भित्र पुन पेश गरिएको आवेदनलाई पनि पहिलेको आवेदन प्राप्त भएको मितिकै आवेदनका रुपमा रेकर्डमा राख्ने र चेक नसाटिएका कारण लगाइएको ३० डलर शुल्क पनि मिनाहा गरिदिने युएससीआईएसले जनाएको छ ।

त्यस्तै कुनै आवेदकले युएससीआईएसको लकबक्समा सुरुमा आवेदन दिएको मिति र युएससीआईएसले आवेदन अस्वीकार गरेको मितिको बीचको अवधिका कारण आवेदक वा लाभग्राही उमेरको हदबन्दी नाघेका कारण निश्चित प्रकारको अध्यागमन सुविधाका लागि अयोग्य भएको थियो भने पनि आवेदकले जुन १० देखि अगस्त ९ भित्र आवश्यक प्रमाणसहित पुन आवेदन दिनका लागि युएससीआईएसले मौका दिएको छ । ग्रिनकार्डवाहक वा अमेरिकी नागरिकका २१ बर्ष मुनीका छोराछोरीहरु लगायतका सन्दर्भमा अध्यागमन सुविधामा यस्तो उमेरको हदबन्दी रहेको हुन्छ ।

यदि ढिलोगरी भएको आवेदन अस्वीकृतका कारण लाभग्राही उमेरको हदबन्दीका कारण अध्यागमन सुविधाका लागि अयोग्य हुने युएससीआईएसले ठहर गरेको खण्डमा युएससीआईएसले पुन पेश गरिएको आवेदन स्वीकार गर्नेछ र उक्त आवेदनलाई पहिलेको आवेदन प्राप्त भएको मितिकै आवेदनका रुपमा रेकर्डमा राख्नेछ । यो लचकता नागरिकता आवेदन र प्रमाणपत्र जारीको एन ६०० के आवेदनका हकमा भने लागु नहुने युएससीआईएसले प्रष्ट पारेको छ ।

यदि आवेदक वा लाभग्राहीले युएससीआईएसको गल्तीका कारण अध्यागमन सुविधाको आवेदन अस्वीकार भएको ठान्छन् भने उनीहरुले युएससीआईएसमा सम्पर्क गर्नुपर्ने युएससीआईएसले जनाएको छ । यदि युएससीआईएस सहमत भएको खण्डमा उनीहरुलाई गल्तीवश अस्वीकृत भएको आवेदन पुन पेश गर्नका लागि मौका दिनसक्नेछ । यस्तो मौका पाएका आवेदनलाई पहिलेको आवेदन प्राप्त भएको मितिकै आवेदनका रुपमा रेकर्डमा राखिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com