२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026
कोभिड १९ अपडेट

भियतनाममा भेटियो हावाबाट छिट्टै फैलने कोरोनाभाइरसको नयाँ प्रकार

भियतनाममा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको छ । हावाबाट छिट्टै फैलिने यो प्रकार भारत र बेलायतमा पहिलोपटक देखिएको प्रकारको मिश्रित स्वरूपमा रहेको जनाइएको छ ।

भियतनामको सरकारले नयाँ प्रकारलाई निकै खतरनाक र संक्रामक बताएको छ । भियतनाममा अहिले नै रहेका सुरुमा भारत र यूकेमा देखिएका भेरिअन्टको मिश्रित गुणहरू सहितको नयाँ कोभिड १९ को भेरिअन्ट देखिएको भन्दै रोयटर्सले समाचार प्रकाशित गरेको छ ।

यो प्रकार यसअगाडिका भन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताइएपछि चिन्ता बढेको छ । भारत र बेलायतमा पहिलोपटक देखिएका प्रकारबिरुद्ध भने फाइजर र आस्ट्राजेनेकाजस्ता खोपहरू दुई डोज लगाउँदा प्रभावकारी रहेको पाइएको छ ।

पछिल्ला सातामा भियतनाममा कोभिड १९ का घटनामा उच्च वृद्धि देखा परेको छ। महामारी सुरु भएयता भियतनाममा ६ हजार ७ सय भन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये आधाभन्दा धेरै यसै वर्षको अप्रिल महिनापछि देखिएका हुन्।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →