नेपालबाट अमेरिका जान सकिने २ उडानबारे अमेरिकी दूतावासका ५ स्पष्टीकरण


प्रकाशित मिति : जेष्ठ १, २०७८ शनिबार

अमेरिकी दूतावास काठमाडौं

नेपालबाट मे १६ र १७ मा अमेरिका जान सकिने व्यवसायिक चार्टड उडानबारे अमेरिकी दूतावासले ५ स्पष्टीकरण दिएको छ । नेपालको सरकारले कतार र टर्किस एयरलाइन्सका दुईवटा चार्टड उडानहरु स्वीकृत गरेपछि धेरैले भाडा महँगो भएको र ट्राभल एजेन्सीहरुले समन्वय नगरेको गुनासो गरिरहँदा दूतावासले यी उडानहरुबारे थप स्पष्ट पारेको हो । दूतावासले आफूहरुसमक्ष सोधिएका मुख्य प्रश्नहरुको जवाफ दिएको हो ।

यी उडानबाट यात्रागगर्दा १५ सयदेखि १९ सयडलरसम्म भाडा तय गरिएको छ । यी उडानहरु अमेरिकी सरकारबाट चार्टड गरिएका, स्पोन्सर गरिएका वा फण्ड उपलब्ध गराइएका उडानहरु नरहेको दूतावासले स्पष्ट पारेको छ । यी उडानहरु निजी एयरलाइन्सबाट संचालित व्यवसायिक उडानहरु रहेको पनि दूतावासले स्पष्ट पारेको छ । टिकटदर तय गर्नमा र व्यक्तिको टिकट बुकिङ निर्धारणका सन्दर्भमा आफूहरुको कुनै भूमिका नरहेको दूतावासको भनाई छ ।

यी उडानहरुमा सिट पाउन नसकेका अमेरिकनहरुका लागि दूतावासले कहिले उद्दार उडान संचालन गर्ला ? यसबारे दूतावासले भनेको छ – ‘दूतावासको सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता नेपालमा रहेका अमेरिकी नागरिकहरूलाई सहयोग गर्नु हो। त्यसैले हामी हाम्रो कूटनीतिक साझेदारहरुसँग नेपाल सरकारसँग नियमित व्यवसायिक उडानहरु सुचारु गर्नका लागि आग्रह गर्न सामेल हुन्छौं। अमेरिकी र अन्य नागरिकहरूको तत्काल यात्रा आवश्यकताहरू पूरा गर्ने यो उत्तम विकल्प हुनेछ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती उडानहरु गैर अमेरिकी नागरिकले बुक गरिरहेको बेला किन दूतावासले अमेरिकी नागरिकका लागि बुक गर्न सहयोग गरिरहेको छैन ? जवाफमा दूतावासले भनेको छ – ‘एयरलाइन्सले पहिलो आउने, सिटको उपलब्धताका आधारमा यात्रा गर्न योग्य हुने सबैलाई रिजर्भेसन खोलेको छ । उडानहरू अमेरिकी नागरिकहरूका लागिमात्र छैनन्। अमेरिकी नागरिकहरूको सुरक्षा र कल्याण हाम्रो प्राथमिकता हो, त्यसैले हामी हाम्रा कूटनीतिक साझेदारहरूसँग नियमित उडानहरू पुनः सुरु हुनका लागि नेपाल सरकारलाई आग्रह गर्न हाम्रो कूटनीतिक साझेदारहरूसँग सम्मिलित हुन्छौं।’

 

मे १६ र १७ मा नेपालबाट कतार र टर्किस एयरलाइन्सबाट अमेरिका जान सकिने

किन दूतावासले टिकटको मूल्य अत्यन्तै महंगो बनाएको हो ? यो प्रश्नको जवाफमा दूतावासले आफूहरुले टिकटको मूल्य तय नगरेको स्पष्ट पारेको छ । टिकटको मूल्यबारेको प्रश्न एयरलाइन्सलाई नै सोध्न दूतावासले सिफारिस गरेको छ । त्यस्तै अमेरिका जाने उडानमा अमेरिकन नागरिकका लागिमात्र सिटहरु रिजर्भ गर्न पाउनुपर्ने भन्ने प्रश्नको जवाफमा दूतावासले अमेरिका र नेपालबीच सिधा उडान नरहेको तथा यात्रुहरुले एयरलाइन्स वा ट्राभल एजेण्टमार्फत कनेक्ट उडानको टिकट लिनुपर्ने भएकाले ट्राभल एजेण्ट वा एयरलाइन्सलाई सम्पर्क गर्न दूतावासले सुझाव दिएको छ ।

त्यस्तै ती उडानबाट जाने यात्रुको सुचीमा आफूहरुको कूनै भूमिका नरहेको दूतावासको भनाई छ । एयरलाइन्सले पहिलो आउने, सिटको उपलब्धताका आधारमा यात्रा गर्न योग्य हुने सबैलाई रिजर्भेसन खोलेकाले एयरलाइन्स वा ट्राभल एजेण्टलाई सम्पर्क गर्न दूतावासले सुझाव दिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com