मे १६ र १७ मा नेपालबाट कतार र टर्किस एयरलाइन्सबाट अमेरिका जान सकिने


प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार

मे १६ र १७ मा नेपालबाट कतार र टर्किस एयरलाइन्सबाट अमेरिका जान सकिने भएको छ । नेपालको सरकारले कतार र टर्किस एयरलाइन्सका दुईवटा चार्टड उडानहरु स्वीकृत गरेको हो ।

जस अनुशार मे १६ आइतबार कतार एयरलाइन्सको र मे १७ सोमबार टर्किस एयरलाइन्सको नेपालबाट चार्टड उडान हुने भएको छ । यी उडानमार्फत अमेरिका आउन चाहनेहरुले ट्राभल एजेन्सीहरुलाई सम्पर्क गर्नुपर्ने जनाइएको छ ।

पहिले किनेका नियमित टिकट चार्टड एयरलाइन्सबाट यात्रा गर्दा प्रयोग गर्न नसकिने जनाइएको छ । नयाँ टिकट बुक गर्नका लागि तोकिएका एजेन्सीलाई पासपोर्टको बायो पेज पठाउनुपर्नेछ । साथै यात्रा गर्नका लागि कोरोना परीक्षणको नेगेटिभ पीसीआर रिजल्ट आवश्यक पर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालबाट कतार एयरलाइन्सको चार्टड विमानबाट अमेरिका जाँदा अमेरिकामा गन्तब्य अनुशार १६ सय देखि १९ सय डलरसम्म लाग्ने भएको छ । त्यस्तै टर्किस एयरलाइन्सको चार्टड विमानबाट अमेरिका जाँदा अमेरिकामा गन्तब्य अनुशार १५ सय देखि १६ सय डलरसम्म लाग्ने भएको छ ।

कतार एयरलाइन्सबाट यात्रा गर्ने योजनामा हुनुहुन्छ भने सम्पर्क विवरण

कतार एयरलाइन्सबाट मे १६ मा यात्रा गर्न चाहनेले दरबारमार्गमा रहेको प्रेसिडेण्ट ट्राभल एण्ड टुरमा सम्पर्क गर्नुपर्नेछ । कतार एयरलाइन्सबाट यात्रा गर्दा प्रस्थान समयभन्दा ४८ घण्टा अगाडि स्वाब लिइएको नेगेटिभ पीसीआर रिपोर्ट हुनुपर्नेछ ।

टर्किस एयरलाइन्सबाट यात्रा गर्ने योजनामा हुनुहुन्छ भने सम्पर्क विवरण

त्यस्तै टर्किस एयरलाइन्सबाट मे १७ मा यात्रा गर्न चाहनेहरुले मेगाबाइट ट्राभल्समा सम्पर्क गर्नुपर्नेछ । टर्किस एयरलाइन्सबाट यात्रा गर्दा प्रस्थान समयभन्दा ७२ घण्टा अगाडि स्वाब लिइएको नेगेटिभ पीसीआर रिपोर्ट हुनुपर्नेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com