२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
कोभिड १९ अपडेट

महामारीसँग जुध्न नेपालमा थप सहायताका लागि अमेरिकी सिनेटरबाट बाइडेन प्रशासनलाई दबाब

कोरोना महामारीको सामना गरिरहेको नेपाललाई अमेरिकाले भ्याक्सिन लगायतका सहायता उपलब्ध गराउनका लागि बाइडेन प्रशासनमाथि दबाब श्रृजना भइरहेको अवस्थामा अमेरिकी सिनेटमा यो विषयले प्रवेश पाएको छ ।

कनेक्टिकटका सिनेटर क्रिस मर्फीले बुधबार अमेरिकाको सिनेटमा नेपालको अवस्थाबारे धारणा राखेका छन् ।

यसबारे क्रिस मर्फीले ट्वीट समेत गरेका छन् । उनले नेपालमा कोरोनाको महामारीको अवस्था डलरलाग्दो रहेकोबारे आफूले कनेक्टिकटको ठूलो नेपाली समुदायबाट सुनेको र यसबारे बाइडेन प्रशासनलाई अझै सहायताका लागि आज आफूले सिनेटमा दबाब दिएको बताएका छन् ।

यसैबीच नेपालको महामारीको अवस्था र अमेरिकाले गर्नुपर्ने खोप लगायतका अन्य सहायताका सन्दर्भमा आगामी मे १७ मा अमेरिकाको सिनेटमा रहेको वैदेशिक मामिला कमिटीमा सिनेटरहरुसँग छलफल समेत राखिएको जनाइएको छ । उक्त दिन अमेरिकाको सिनेटमा महत्वपूर्ण भूमिका खेल्ने सिनेटर क्रिस भ्यान होल्यानले विविध विषयमा जानकारी दिने मेरिल्याण्ड राज्य संसदमा डेलिगेट ह्यारी भण्डारीले जनाउनुभएको छ ।

मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी ।

सिनेटर होल्यानले यस विषयमा आफ्नो संयन्त्रमार्फत ह्वाइट हाउस समक्ष नेपालको अवस्थाबारे उल्लेख गरेर पत्राचार गरिसकेको समेत जनाइएको छ । अमेरिकाको संघीय सरकारलाई थप सहायता बढाउनका लागि सम्बोधन गर्न डेलिगेट भण्डारीको नेतृत्वमा हस्ताक्षर अभियान समेत जारी रहेको छ ।

सिनेटको विदेश सम्बन्ध समितिमा रहेका आफ्नो क्षेत्रका सिनेटरहरुलाई फोन गरेर नेपालको अवस्थाबारे जानकारी दिन र थप सहायताका लागि पहल गर्न अनुरोध गर्न समेत अमेरिकामा रहेका सबै नेपालीहरुलाई डेलिगेट भण्डारीले आव्हान गर्नुभएको छ । साथै आफ्नो क्षेत्रका अन्य सांसदहरुलाई समेत फोन, इमेल वा पत्राचार गर्न अनुरोध गरिएको छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

यसैबीच कोरोनाभाइरसको महामारीले अत्यावश्यक औषधि र अक्सिजनसहितका सामग्रीको अभाव भइरहेको भन्दै सरकारले नेपालको कोभिड(१९ प्रतिकार्यमा सहयोग गर्न विदेशी दातृनिकायहरूलाई अनुरोध गरेको छ। नेपालमा कोभिड-१९ को सङ्कट गहिरिँदै गएकाले अन्तर्राष्ट्रिय सहयोगको अपील गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा लेख सोमवार ब्रिटेनको ‘द गार्डियन’ मा प्रकाशित भएको थियो।

त्यसमा धनी राष्ट्रहरूको समूह जी-७ को अहिलेको अध्यक्षको हैसियतले विशेषगरी खोपसहित अरू अत्यावश्यक स्वास्थ्य उपकरण नेपाललाई जुटाउन मद्दत गर्न भनिएको छ। प्रधानमन्त्रीको उक्त लेखसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक सहायताको सूचीको विवरण राखेर विकास साझेदारलाई पत्राचार गरेको छ।

 

 

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →