जनवरीदेखि न्युयोर्कबाट हराएका २२ बर्षका नेपाली अजय शाहको शव भेटियो


प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार

झण्डै साढे् तीन महिनादेखि न्युयोर्कबाट हराएका नेपाली विद्यार्थी २२ बर्षीय अजय शाहको शव बु्रकलिनमा भेटिएको छ । उनी जनवरी २० को विहान झण्डै ५ बजे अन्तिमपटक ब्रुकलिन ब्रिजमा देखिएको विवरण सार्वजनिक भएको थियो ।

बु्रकलिनको पानीमा एंकरेज च्यानलमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको मृत्युमा कसैलाई पनि शंका गरेको छैन । उनको शव मार्च ९ मा नै फेला परेपनि पहिचान खुल्न नसकेकाले न्युयोर्क प्रहरीले अप्रिल २५ मा यसबारे मोरिस काउन्टीको प्रहरीलाई जानकारी दिएको थियो ।

अजयको झोला सी ब्राइटमा भेटिएको जनाइएको छ । समुन्द्रको किनारमा जाँदा एकजना व्यक्तिले झोला भेटाएपछि अप्रिलको अन्तिम साता अधिकारीहरुलाई बुझाएका थिए ।

शव भेटिएको स्थल

त्यस क्षेत्रको सीसीटिभी फूटेज हेर्दा उनी ब्रिजमा ब्याकप्याकसहित एक्लै हिडेको देखिएको थियो । जनवरी १९ को राती १२ बजेतिर न्युजर्सीबाट न्युयोर्कको पेन स्टेशनमा आएको र न्युयोर्कको पेन स्टेशनबाट बाहिर सीसीटिभी फुटेजमा देखिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पेन स्टेशनबाट बाहिर निस्केपछि अजय ब्रोडवे र बार्कलेमा देखिएका देखिएका थिए । न्युजर्सीको म्याडिसनमा रहेको ड्रिउ युनिभर्सिटीमा अध्ययनरत शाह म्याडिसनमै बस्दै आएका थिए ।

अजयको कोठामा गएर हेर्दा टेबुलमा आई लभ यु ममी लेखेको नोट भेटिएको थियो । तर उक्त नोटमा अरु केही नलेखिएको र रद्दीमा फ्याकिएको एउटा नोटमा उनले अब केही गर्ने बेला भएको व्यहोरा लेखेको भेटिएको थियो ।

उनले कम्प्युटरमा न्युयोर्कको फोर्ट वासिंटन पार्कका बारेमा सर्च गरेको र लोकेशन समेत हेरेको देखिएको थियो । यो पार्क एटलान्टिक ओसनसँग जोडिएको हडशन रिभरसँग जोडिएको छ ।

उनको बैंक डिटेलमा अन्तिमपटक न्युयोर्क आउनका लागि कार्डबाट टिकट किनेको देखिएको थियो भने तयसपछि कुनै पनि ट्रान्जेक्सन देखिएकाृ थिएन । जनवरी १९ पछि अजयको फोन पनि निस्कृय रहेको छ भने सामाजिक सञ्जाल लगायतमा समेत उनी अनलाइन देखिएका थिएनन् ।

अजयले हराउनुभन्दा दुईदिन अगाडि दाजु शिव शाहसँग सामान्य कुराकानी गरेका थिए । नेपालमा भने उनले दैनिकजसो नै आमासँग कुराकानी गर्दै आएका थिए ।

पुख्यौली घर सिराहा रहेको र हाल उनको परिवार कीर्तिपुरमा बस्दै आएको जनाइएको छ । जयले विगत साढे २ बर्षदेखि ड्रिउ युनिभर्सिटीमा अध्ययन गर्दै आएका थिए ।

ट्रेनबाट न्युयोर्क आउने क्रममा उनले एकजना साथीसँग ट्रेनको बारेमा केही जानकारीहरु समेत लिएका थिए । तर उक्त सम्बादमा सामान्य जानकारी लिनेबाहेक अरु थप कुराकानी भएको थिएन ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com