२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
कोभिड १९ अपडेट

विश्वका ८० प्रतिशत मुलुकमा यात्रा नगर्न चेतावनीका साथ अमेरिकाबाट ट्राभल एड्भाइजरी, नेपाल दोश्रो श्रेणीमा

अमेरिकी विदेश मन्त्रालयले विश्वका ८० प्रतिशत मुलुकमा यात्रा नगर्न चेतावनीका साथ ट्राभल एड्भाइजरी जारी गर्ने भएको छ । विश्वब्यापी रुपमा कोरोना महामारी फैलिरहेको अवस्थामा आज अमेरिकी विदेशमन्त्रालयले चौथो स्तरको ट्राभल एड्भाइजरी जारी गर्ने बताएको हो ।

नयाँ अपडेटमा अमेरिकी नागरिकलाई यात्रा गर्दा पुनर्विचार गर्न समेत भनिएको छ । ती देशहरुको वर्तमान स्वास्थ्य अवस्थाको मूल्यांकनका आधारमा सीडीसीको प्रकोप मूल्यांकनका आधारमा ट्राभल एड्भाइजरी जारी गर्न लागिएको अमेरिकी विदेशमन्त्रालयको भनाई छ ।

सीडीसीले आज अपडेट गरेको मूल्यांकन यहाँ हेर्नुहोला । अमेरिकी विदेशमन्त्रालयले यसै अनुशार ट्राभल एड्भाइजरी जारी गर्ने जनाएको छ ।

सीडीसीले जोखिमलाई ४ भागमा विभाजन गरेकोमा ८० प्रतिशत मुलुकमा उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ । कोरोना महामारीको न्यून जोखिम रहेका देशलाई पहिलो श्रेणी, ठिक्कको जोखिम रहेका देशलाई दोश्रो श्रेणी, उच्च जोखिम रहेका देशलाई तेश्रो श्रेणी र अतिउच्च जोखिम रहेका देशलाई चौथो श्रेणीमा राखिएको छ ।

नेपाललाई सीडीसीले ठिक्कको जोखिम भएको दोश्रो श्रेणीमा राखेको छ भने भारतलाई अति उच्च जोखिम रहेको चौथो श्रेणीमा राखेको छ । सीडीसीको मूल्यांकन अनुशार अमेरिकाले भारतमा यात्रा नगर्नका लागि ट्राभल एड्भाइजरी जारी गर्ने देखिएको छ भने नेपालमा पुनर्विचारका लागि सुझाव दिने ट्राभल एड्भाइजरी जारी गर्ने देखिएको छ । चीनलाई भने अमेरिकन सीडीसीले जोखिम कम भएको पहिलो श्रेणीमा राखेको छ ।

अफागानिस्तान लगायत ३५ वटा देशको महामारीको अवस्था अज्ञात रहेको भन्दै ती देशहरुमा अत्यावश्यकबाहेकका यात्रा नगर्न सीडीसीले सुझाव दिएको छ । ठीक्कको जोखिम भएको देशमा नेपालसहित सिंगापुर, जापान लगायत २१ वटा देशहरु रहेका छन् ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →