मे १७ सम्म दावी गरे औषतमा ८६५ डलर पाउन योग्यहरु १३ लाख, नत्र रकम ट्रेजरीमा फिर्ता
अमेरिकन करदाताले आगामी मे १७ सम्म रिफण्ड दावी नगर्ने १ दशमलव ३ बिलियन डलर ट्रेजरीमा फिर्ता जाने आईआरएसले जनाएको छ । सन् २०१७ मा ट्याक्स फाइल नगरेका करदाताहरुले पाउनुपर्ने रिफण्ड रकम उनीहरुले मे १७ सम्म ट्याक्स फाइल गरेर दावी नगरे त्यसपछि प्राप्त गर्नसक्ने छैनन् ।
यसरी ट्याक्स फाइल नगरेका करदाताहरु एक दशमलब ३ मिलियन रहेका छन् । उनीहरुले २०१७ को रिफन्ड वापत पाउने रकम औषतमा ८६५ डलर रहेको छ । करदाताले सामान्यतया उनीहरुको रिफण्ड ३ वर्ष भित्र दावी गर्नुपर्छ । डेडलाइन समाप्त भएपछि उक्त रकम ट्रेजरीमा फिर्ता जान्छ ।
न्युयोर्कमा औषत ९५६ डलर प्राप्त गर्न योग्य करदाता ६६ हजार ७ सय रहेका छन् । मासाचुसेट्स, न्यू ह्याम्पशायर र अलास्कामा पाउने औषत रिफण्ड ९७८ डलर, ९६८ डलर र ९६० डलर रहेको छ ।

यो वर्ष ट्याक्स फाइल गर्ने डेडलाइन मे १७ सम्म थप गरिएकाले करदाताले हुलाक मार्फत उक्त मिति वा त्यो भन्दा अगाडिको पोष्टमार्क सहित पठाउन सक्नेछन् । पुरानो ट्याक्स रिर्टन अनलाइन मार्फत फाइल गर्न मिल्दैन, कागजी रुपमा हुलाक मार्फत पठाउनु पर्छ ।
यदि तपाईले सन् २०१८ र २०१९ को ट्याक्स फाइल गर्नुभएको छैन भने आईआरएसले २०१७ को रिफण्ड होल्ड गर्नसक्छ । त्यस्तै तपाईंले आईआरएस वा राज्यको ट्याक्स एजेन्सीलाई रकम तिर्न बाँकी रहेको खण्डमा रिफण्ड रकम त्यसमा मिलान गर्न सकिने छ । साथै चाइल्ड सपोर्ट वा विद्यार्थी ऋण नतिरेको भएपनि रिफण्ड रकम त्यसमा मिलान गर्न सकिनेछ ।





