नेपालमा पनि कोरोनाको दोस्रो लहर, २४ घण्टामा थपिए २६६ संक्रमित


प्रकाशित मिति : चैत्र २३, २०७७ सोमबार

छिमेकी मुलुकमा कोरोनाको दोस्रो लहर भयावह भइरहेका बेला नेपालमा पनि कोरोना संक्रमण तीव्र रुपमा बढेको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या २ सय नाघेको छ।

मन्त्रालयले देशभर ४ हजार ५ सय ३६ जनाको पिसीआर परीक्षण भएकोमा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको जनाएको हो। यो संख्या आइतबारको भन्दा ९० ले बढी हो।

उपत्यकामामात्रै १ सय ३७ जना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौंमा ९८, भक्तपुरमा १३ र ललितपुरमा २६ जना रहेका छन्।

सोमबारमात्रै कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या तीन हजार ३६ पुगेको छ। त्यस्तै एक सय दुई जना संक्रमणमुक्त भएका छन्। हालसम्म एक हजार आठ सय ३२ संक्रिय संक्रमित रहेका छन् भने ६४ जना क्वारेन्टिनमा छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपत्यकामा प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण
यसैबीच, काठमाडौं उपत्यकामा प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्था गरिने भएको छ। सोमबार बसेको काठमाडौं कोभिड-१९ नियन्त्रण तथा रोकथाम समितिको बैठकले नाकाहरुमा सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच र एन्टीजेन टेष्ट गर्न डेस्कको व्यवस्था मिलाउने र सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको हो।

एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेका व्यक्तिलाई पिसिआर परीक्षणका लागि पठाइने निर्णय पनि समितिले गरेको छ।

समितिले यसअघि सबै महानगरपालिका र नगरपालिकामा सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टाइन सेन्टरलाई अद्यावधिक गर्ने र सबै नगरपालिकामा १-१ वटा क्वारेन्टाइन र आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको छ।

यस्तै, कोभिड-१९ सम्बन्धी जनस्वास्थ्य मापदण्ड पूर्ण पालना नगर्नेलाई कारबाही गरेर जरिवाना गर्ने, कोभिडसम्बन्धी जनचेतना फैलाउन नर्स, स्वास्थ्यकर्मी र शिक्षकरशिक्षिकालाई परिचालन गर्ने निर्णय पनि भएको छ।

कोभिड संक्रमित केसहरुको पहिचान र कन्ट्याक्ट ट्रेसिङ गर्न महानगरपालिका र नगरपालिकालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।

कोरोनाको दोस्रो डोज वैशाख ७ देखि
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयदेश त्रिपाठी कोरोना खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि लगाइने जानकारी दिएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले खोपको दोस्रोमात्रा वैशाख ७ देखि ११ गतेसम्म लगाइने जानकारी दिएका हुन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com