कोरोनाका कारण यस वर्ष पनि बिस्केट जात्रा नहुने


प्रकाशित मिति : चैत्र २२, २०७७ आईतबार

कोरोनाको कारण देखाउँदै भक्तपुर प्रशासनले यस वर्षको बिस्केट जात्रा नमनाउने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा बसेको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र भक्तपुरको बैठकले यस्तो निर्णय गरेको हो। तर यो निर्णयको स्थानीय बासिन्दा तथा जात्रालुले विरोध गरेका छन्।

प्रशासनले विस्केट जात्रामा रथ तान्ने तथा लिङ्गो ठड्याउने काममा हजारौं भक्तजन सहभागी हुने गरेको तथा सो भिडभाडले कोभिड १९ को संक्रमण फैलिन गई भयावह अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेकाले यस वर्षको विस्केट जात्रामा पुजारीलाई मात्र राखेर पुजा गर्ने तथा रथ तान्ने र लि‌ंगाे ठड़याउने काम नगर्ने निर्णय गरेको हो। गत वर्ष पनि कोरोनाका कारण पुजाबाहेक रथ तान्ने र लिंगो ठड्याउने काम भएका थिएनन्।

नयाँ वर्ष २०७८ को अवसरमा हुने पुजा, पाठ, सप्ताह र पिकनिकजस्ता कार्यक्रमले कोभिड १९ को जोखिम बढ्ने सम्भावना रहेकाले यस्ता कार्यक्रम गर्दा सीमित संख्यामा कोभिड १९ को मापदण्ड पालना गरेर मात्र गर्ने साथै पुजा, पाठ र जात्रालगायतका कार्यक्रम गर्दा डोली बोक्ने तथा रथ तान्ने जस्ता कार्य नगर्न, नगराउनसमेत प्रशासनले अनुरोध गरेको छ।

कोभिड १९ को जोखिम नियन्त्रणका लागि सरकारबाट जारी भएको मापदण्डहरुको उल्लघन गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com