नयाँ नियम अनुशार क्रेडिट वा रिफण्ड पाउन कस्ले ट्याक्स परिमार्जन फाइल गर्ने? कस्ले नगर्ने ?
मार्च ११ मा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको नयाँ नियम अनुशार पहिले नै ट्याक्स फाइल गरेका केही व्यक्तिले थप क्रेडिट वा रिफण्ड पाउन ट्याक्स परिमार्जन फाइल गर्नुपर्ने आईआरएसले जनाएको छ । तर सबैले भने ट्याक्स परिमार्जन फाइल नगर्न आवश्यक नभएको आईआरएसले स्पष्ट पारेको छ ।
यदि तपाईले ट्याक्स फाइल गर्दा अर्नड इन्कम ट्याक्स क्रेडिट दावी गर्नुभएको थियो तर त्यसबापत प्राप्त हुने रकममा नयाँ नियम अनुशार फरक पर्ने अवस्था छ भने तपाईले ट्याक्स परिमार्जन फाइल गर्न आवश्यक नपर्ने आईआरएसको भनाई छ । तर तपाईले पहिले अर्नड इन्कम ट्याक्स क्रेडिट दावी गर्नुभएको थिएन तर अब नयाँ नियमका कारण तपाई अर्नड इन्कम ट्याक्स क्रेडिटका लागि योग्य हुनुभएको छ भने तपाईले ट्याक्स परिमार्जन फाइल गर्नुपर्छ ।

त्यस्तै तपाईले पहिले अन्य कुनै क्रेडिट दावी गर्नुभएको थिएन तर अहिले नयाँ नियम अनुशार अन्य नयाँ क्रेडिटका लागि योग्य हुनुभएको छ भने तपाईले ट्याक्स परिमार्जन फाइल गर्नुपर्नेछ । तर पहिले नै दावी गरिएका क्रेडिटमा पाउने रकममा मात्र हेरफेर भएको हो बेरोजगारी विमा रकमको सुरुको १० हजार २ सय सम्मको ट्याक्स ब्रेकका कारण पहिले दावी गरिएको क्रेडिटमा रकम बढेको हो भने आईआरएसले आफै एड्जस्ट गरेर मिलाउने जनाएको छ । तपाईले पहिले नै ट्याक्स फाइल गर्दा चाइल्ड ट्याक्स क्रेडिट दावी गर्नुभएको छ भने तपाईले कुनै कदम चाल्नु पर्दैन ।
करदाताहरुले आफ्नो राज्यमा फाइल गरेको ट्याक्सको सन्दर्भमा पनि पुनरावलोकन गर्न सक्नेछन् । तर यो नियम राज्य अनुशार भर पर्नेछ । किनभने ट्याक्सका सन्दर्भमा राज्यका फरक फरक नियम रहेका छन् । कतिपय राज्यले बेरोजगारी विमा रकमको सुरुको १० हजार २ सयमा ट्याक्स नलिने घोषणा गरेका छन् भने कतिपय राज्यले ट्याक्स लिनेछन् । पहिले नै आईआरएसमा ट्याक्स फाइल गरेकाहरुले १० हजार २ सयको ट्याक्सको रिफण्ड पाउन भने आईआरएसमा ट्याक्स परिमाजर्न फाइल गर्नु पर्दैन ।





