नेपालबाट चोरिएका गणेश र बुद्धका मूर्ति न्युयोर्कबाट फिर्ता


प्रकाशित मिति : चैत्र १९, २०७७ बिहीबार

न्युयोर्क काउन्टीको डिस्ट्रिक्ट एटोर्नी अफिस र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँगको समन्वयमा न्युयोर्कबाट फिर्ता गरिएका गणेश र बुद्धका मूर्ति ।

– दीपक परियार (फोटो समेत)

नेपालबाट चोरिएका गणेश र बुद्धका दुईवटा मूर्ति न्युयोर्कबाट फिर्ता गरिएको छ ।

मूर्तिका साथमा नेपालबाट चोरिएको टुडालको भाग समेत फिर्ता गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क काउन्टीको डिस्ट्रिक्ट एटोर्नी अफिस र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँगको समन्वयमा ती मूर्तिहरु फिर्ता गरिएको हो ।

नेपाली महावाणिज्यदूतावास न्युयोर्कका कार्यवाहक महाबाणिज्यदूत बिष्णु प्रसाद गौतमलाई ती मूर्तिहरु हस्तान्तरण गरिएको हो ।

मूर्ति हस्तान्तरणका लागि न्युयोर्क काउन्टीको डिस्ट्रिक्ट एटोर्नी अफिस म्यानहटनमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

यी मूर्तिहरु तेह्रौदेखि १६ औं शताब्दीका मूर्तिहरु रहेको जनाइएको छ । फिर्ता गरिएको बसेका गणेशको मूर्ति १५ औंदेखि १६ औं शताब्दीको, भूमिस्पर्श मुद्रामा रहेका बुद्धको मूर्ति १४ औंदेखि १५ औं शताब्दीको र अप्सरा अंकित टुडालको भाग १३ औं शताब्दीको रहेको जनाइएको छ ।

कार्यवाहक महाबाणिज्यदूत गौतमले मूर्ति फिर्ताका लागि समन्वय गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिदै यी मूर्तिहरु छिट्टै नेपालमा पठाइने जानकारी दिए । साथै आगामी दिनमा पनि नेपालबाट चोरिएका मूर्तिहरु फिर्ता गर्न पहल गर्ने बताए ।

तीनबर्ष अगाडि पनि न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टले नेपालबाट चोरी भई न्युयोर्क ल्याइएका झण्डै ८ सय बर्ष पुराना दुई मूर्ति नेपाललाई फिर्ता दिएको थियो । टंगालहिटी पाटनको उमा महेश्वरको मूर्ति र अर्को यट्खाटोल काठमाडौको बुद्धको पूर्णकदको मूर्ति सन् १९८० को दशकमा चोरी भएका थिए । तीमध्ये उमा महेश्वरको मूर्ती १२ औंदेखि १३ औं शताब्दीमा निर्माण भएको र बुद्धको ११ औंदेखि १२ औं शताब्दीमा निर्माण गरिएको थियो।

तत्कालिन महावाणिज्यदूत मधुकुमार मरासिनी र म्युजियमका अध्यक्ष डानियल एच विसले मुर्तीहरु फिर्ता गर्ने विषयमा सहमतिपत्रमा हस्ताक्षर भएपछि ती मूर्तिहरु नेपालमा लगेर छाडिएको थियो ।

बरिष्ठ कलाविद् लैनसिंह बाङदेलले सन् १९८९ मा प्रकाशित पुस्तक स्टोलन इमेज अफ नेपाल पुस्तकमा उल्लेख भएको उमा महेश्वरको मूर्ति न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा सन् १९८३ मा नै कसैले किनेर दान गरेको थियो । बुद्धको पूर्णकदको मूर्तिपनि कुनै दाताले किनेर म्युजियमलाई दान गरेका थिए ।

त्यस्तै गतमहिना  नेपालबाट ३७ वर्षअघि चोरिएको एउटा महत्वपूर्ण मूर्ति अमेरिकी सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो । सन् १९८४ मा नेपालबाट चोरेर अवैधरुपमा अमेरिका पुर्‍याइएको लक्ष्मीनारायण पनि भनिने वसुदेव–कमलाजाको मूर्ति अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) का उपसहायक निर्देशक टिमोथी एन. ड्युनह्यामले अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडालाई नेपाली दूतावासमै आयोजित एक विशेष समारोहबीच हस्तान्तरण गरेका थिए ।

पाटनस्थित एक मन्दिरको सो ऐतिहासिक मूर्तिलाई अमेरिकामा पुर्‍याई ड्यालस म्युजियम अफ आर्ट्स टेक्सासमा सन् १९९० देखि प्रदर्शनमा गरेर राखिएको थियो। वसुदेव–कमलजाको मूर्तिमा विष्णु र देवी लक्ष्मीलाई प्रतीकात्मकरुपमा देखाइएको छ। ३३.५ इन्च उचाई र १९.२५ इन्च चौडाई रहेको सो मूर्ति नेपालको मध्यकालीन अवस्थामा बनेको अनुमान गरिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com