पहिले नै ट्याक्स फाइल गरेकाहरुलाई आईआरएसले १० हजार २ सयको ट्याक्स मेबाट रिफण्ड गर्ने


प्रकाशित मिति : चैत्र १९, २०७७ बिहीबार

गतबर्ष बेरोजगारी विमा रकम लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले १ दशमलव ९ ट्रिलियनको राहत प्याकेजमा हस्ताक्षर गर्नु अगाडि नै ट्याक्स फाइल गरेकाहरुलाई आईआरएसले १० हजार २ सय डलरको ट्याक्स तिरेको रकम मे महिनाबाट रिफण्ड गर्ने भएको छ । नयाँ नियम अनुशार बेरोजगारी विमाको सुरुको १० हजार २ सयमा संघीय ट्याक्स छुट दिइएको थियो तर उक्त नियम नआउँदै कैयनले बेरोजगारी विमाको सुरुको १० हजार २ सयको समेत ट्याक्स तिरेर ट्याक्स फाइल गरेका थिए ।

पुरानै प्रणाली अन्तरगत ट्याक्स फाइल गरेका अधिकांशले उक्त रकमको ट्याक्स छुट रिफण्ड प्राप्त गर्न कुनै कदम चाल्न नपर्ने आईआरएसले जनाएको छ । आईआरएसले आफै हिसाब गरेर उक्त रकम करदाताको खातामा रिफण्ड गरिदिने भएको छ । यदि विवाहित दम्पत्तिले संयुक्त रुपमा ट्याक्स फाइल गरेको खण्डमा बेरोजगारी विमाको २० हजार ४ सय सम्ममा ट्याक्स छुट प्राप्त हुनेछ ।

रिफण्ड मे महिनामा दुईचरणमा जारी गरिने आईआरएसले जनाएको छ । सुरुमा आईआरएसले १० हजार २ सयसम्मको ट्याक्स छुटका लागि योग्य एकल करदाताहरुको हिसाब गर्नेछ । आइआरएसले हिसाब गरेपछि उक्त रकम तिर्नुपर्ने रकममा घटाउन मिल्ने भएमा घटाइनेछ अन्यथा रिफण्ड गरिनेछ । त्यसपछि आईआरएसले विवाहित दम्पत्तिको ट्याक्स छुटका लागि हिसाव गर्नेछ । र उक्त रकम तिर्नुपर्ने रकममा घटाउन मिल्ने भएमा घटाइनेछ अन्यथा रिफण्ड गरिनेछ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

उदाहरणका लागि १० हजार २ सयको ट्याक्स तिरिसकेकाहरुले आईआरएसलाई बुझाउने कुल ट्याक्स रकम २ हजार डलर छ तर ट्याक्स रकम बुझाइसकेको छैन भने ट्याक्स छुटबाट प्राप्त हुने रकम उक्त २ हजारमा घटाएर तिर्नुपर्ने रकम कम बनाइनेछ । तर रकम तिरिसकेको छ वा तिर्ने रकमको तुलनामा १० हजार २ सयको ट्याक्स रिफण्ड आउने रकम धेरै रहेको छ भने हिसाब गरेर करदाताको खातामा पठाइनेछ ।

केही करदाताहरुले भने परिमार्जन फाइल गर्न आवश्यक रहेको आईआरएसले जनाएको छ । अर्नड इन्कम ट्याक्स क्रेडिट लगायतका अतिरिक्त करछुट र क्रेडिटहरु प्राप्त गर्ने व्यक्तिले परिमार्जन फाइल गर्नुपर्ने आईआरएसले जनाएको छ । तर उनीहरुको बेरोजगारी विमा रकमको १० हजार २ सयको ट्याक्स ब्रेक दावी गर्दा उनीहरुको आम्दानीले त्यस्ता अतिरिक्त क्रेडिट प्राप्त गर्ने स्तरमा पुगेमामात्र परिमार्जन फाइल गर्नुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com