शिकागोमा नेपाली दूतावासको घुम्ती शिविर, पासपोर्ट नविकरण गर्न र भिसा लिन सकिने


प्रकाशित मिति : चैत्र १८, २०७७ बुधबार

शिकागोमा नेपाली दूतावासले आगामी अप्रिल १७ र १८ मा घुम्ती कन्सुलर सेवा शिविर संचालन गर्ने भएको छ । उक्त दिन पासपोर्ट नविकरण गर्न, भिसा लिन, सरकारले जारी गर्ने एनआरएन कार्ड लिन, अधिकृत वारेसनामा बनाउन, कागजात प्रमाणिकरण गर्न र ट्राभल डकुमेन्ट बनाउन समेत सकिने भएको छ ।

सन् २०२२ को अप्रिल अगाडि एक्सापायर हुने नेपाली पासपोर्ट नविकरण गर्न सकिने नेपाली दूतावास वासिंटन डिसीले जारी गरेको सुचनामा उल्लेख छ । ८९९ साउथ प्याइमाउथ कोर्ट शिकागोमा रहेको शिकागो करी हाउसमा विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कन्सुलर सेवा शिविर संचालन हुने र दिउसो १ बजेदेखि २ बजेसम्म भने लन्च ब्रेक हुने जनाइएको छ ।

यो घुम्ती शिविरबाट इलिनोयका अतिरिक्त आयोवा, विसकन्सिन, इन्डियाना, मिसिगन, केन्टकी, मिजौरी लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले सेवा लिनसक्ने भएका छन् । कोभिड १९ का कारण स्वास्थ्य सुरक्षा शतर्कता अपनाउनुपर्ने भएकाले चाहिएको सेवाका सन्दर्भमा लिंकमा गएर अग्रिम रुपमा आफ्नो नाम, सम्पर्क नम्बर र प्राप्त गर्न चाहेको सेवाबारे फर्म भर्न अनुरोध गरिएको छ ।

अग्रिम रुपमा आफ्नो नाम, सम्पर्क नम्बर र प्राप्त गर्न चाहेको सेवाबारे फर्म भर्न यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि दूतावासले सम्बन्धित सेवाग्राहीलाई उपस्थीत हुने समय र मिति तोकेर इमेलमार्फत जानकारी गराउने जनाइएको छ । जुन मिति र समयमा उपस्थीत हुनका लागि इमेल प्राप्त हुन्छ त्यही मिति र समयमामात्र उपस्थीत हुन जानकारी दिइएको छ ।

पासपोर्ट नविकरणका लागि सक्कल नागरिकता र प्रतिलिपि, पूरानो सक्कल पासपोर्ट र प्रतिलिपि, लाइभ इन्रोलमेन्टका लागि रितपूर्वक भरिएको बारकोड सहितको फर्म, नेपाली दूतावासको नाममा जारी भएको अमेरिकी डलर १५० को मनी अर्डर, हराएको र नासिएको पासपोर्टका हकमा ३ सय डलरको मनी अर्डर, पासपोर्ट तयार भइसकेपछि आवेदकलाई पठाउन पहिले नै हुलाकको शुल्क तिरेको पूरा ठेगाना लेखेको फिर्तीखाम आवश्यक पर्ने जनाइएको छ ।

लाइभ इन्रोलमेन्टका लागि रितपूर्वक फर्म भर्न यहाँ क्लीक गर्नुहोला ।

त्यस्तै पर्यटक भिसाका लागि अनलाइनमा गई रितपूर्वक फर्म भरेर सब्मीट गरेपछि प्रिन्ट गरिएको कन्फर्मेशन पेजको हार्डकपी, कम्तीमा ६ महिनाभन्दा बढी बहाल रहेको पासपोर्ट, कम्तीमा २ वटा भिसा पानाहरु बाँकी रहेको पासपोर्ट र नेपाली दूतावासका नाममा जारी मनी अर्डर आवश्यक पर्नेछ । १५ दिने भिसाका लागि ३० डलर, ३० दिने भिसाका लागि ५० डलर र ९० दिने भिसाका लागि १२५ डलर शुल्क लाग्नेछ ।

पर्यटक भिसाका लागि अनलाइनमा गई रितपूर्वक फर्म भरेर सब्मीट गर्न यहाँ क्लीक गर्नुहोला ।

त्यस्तै एनआरएन कार्डका लागि अनलाइनमा गइ रितपूर्वक भरेको आवेदन फर्म, गैर आवासीय परिचयपत्र हराएको हकमा स्थानीय प्रहरीले जारी गरेको प्रहरी रिपोर्ट, नेपाली मूलका विदेशी नागरिकले विदेशमा प्राप्त गरेको नागरिकता प्रमाणपत्र र त्यसको प्रतिलिपी, नेपाली मूलका विदेशी नागकिले प्राप्त गरेको उक्त देशको पासपोर्ट र त्यसको प्रतिलिपी, नेपाली मूलको जनाउने कागजातमा नेपाली नागरिकता परित्याग गरेको प्रतिलिपी वा बाबु/आमा /हजुरबा/हजुरआमाको नेपाली नागरिकताको प्रमाणपत्र वा नेपाली मुलको भएको जनाउने नाता प्रमाणित लगायतका अन्य कुनै कागजात, हाल बसोबास गरिरहेको मुलुकमा व्यापार व्यवसाय गरिरहेको भएमा त्यसको प्रमाण, कुनै पेशा रोजगारीमा भएको भए त्यसको प्रमाण, दुईप्रति पासपोर्ट साइजको फोटो र दूतावासको नाममा जारी ५२० डलरको मनी अर्डर आवश्यक पर्नेछ ।

एनआरएन कार्डका लागि अनलाइनमा गइ रितपूर्वक भरेको आवेदन फर्म भर्न यहाँ क्लीक गर्नुहोला ।

अधिकृत वारेसनामाका लागि सम्बन्धित आवेदक वा कानून व्यवसायीले नेपाली कागजमा तयार गरेको लिखत, सम्बन्धित आवेदक वा कानून व्यवसायीले नेपाली राजदूतलाई सम्बोधन गर्दै लेखेको निवेदन, नेपाली नागरिकताको सक्कल र सोको प्रतिलिपी, अधिकृत वारेसनामा लिनेको प्रमाणित नागरिकताको प्रतिलिपी, अधिकृत वारेसनामा लिने दिनेको हालसालै खिचिएको दुई(दुई प्रति फोटो, ग्रिनकार्ड वा भिसा स्टाटस, नेपाली मूलका अमेरिकी नागरिकको हकमा गैर आवासीय नेपाली परिचयपत्रको सक्कल तथा सोको प्रतिलिपि, जुन प्रयोजनका लागि अधिकृत वारेसनामा दिने हो सोका लागि संलग्न हुनुपर्ने सम्बन्धित सक्कल कागजात वा प्रमाणित कागजात जस्तै जग्गा बेचबिखनको हकमा लालपुर्जाको सक्कल, कर तिरेको रसिद वा सोको प्रमाणित प्रतिलिपी, सम्बन्धित विच्छेदका लागि अधिकृत वारेसनामा दिने हो भने विवाह दर्ताको सक्कल वा सोको प्रतिलिपी, नेपाली दूतावासको नाममा जारी भएको २ सय अमेरिकी डलरको मनी अर्डर आवश्यक पर्नेछ ।

कागजात प्रमाणिकरणका लागि रीतपूर्वक भरेको निवेदन, प्रमाणित गर्ने कागजातको सक्कल र प्रतिलिपि, नेपालको कुनै निकायबाट जारी भएको कागजात भए परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणिकरण भएको कागजातको सक्कल र प्रतिलिपी, सक्षम निकायबाट जारी भएको आफ्नो परिचय खुल्ने परिचयपत्र, जस्तै नागरिकता, पासपोर्ट आदि, सवारी चालक अनुमतिपत्रको हकमा सम्बन्धित यातायात कार्यालयबाट जारी भएको प्रमाणिकरण पत्र, नेपाली दूतावासको नाममा जारी भएको ५० डलरको मनी अर्डर आवश्यक पर्नेछ ।

एकतर्फी यात्रा अनुमतिपत्र ट्राभल डकुमेन्टका लागि पुरानो पासपोर्ट र सोको प्रतिलिपी, नागरिकताको प्रमाणपत्र र सोको प्रतिलिपी, रीतपूर्वक भरेको पासपोर्ट फाराम, एमआरपी साइजको तीन प्रति फोटो , नेपाली दूतावासको नाममा जारी भएको ४० डलरको को मनी अर्डर आवश्यक पर्नेछ । तर, पासपोर्ट र नागरिकता कुनैको पनि सक्कल उपलब्ध हुन नसकेमा सोको प्रतिलिपी वा सो पनि उपलब्ध हुन नसकेमा निवेदक नेपाली नागरिक भएको प्रमाणित हुने कागजात, जस्तै नागरिकता जारी भएको जिल्ला, इलाका प्रशासनबाट नागरिकताको आधिकारिकता खुल्ने कागजात पेश गर्नुपर्नेछ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com