अमेरिकामा नेपालीको सामुहिक रियलस्टेट लगानी, ८ लाख संकलन, १० मिलियनको लक्ष्यसहित साधारणसभा


प्रकाशित मिति : चैत्र १६, २०७७ सोमबार

अमेरिकामा नेपालीको सामुहिक रियलस्टेट लगानीको उद्देश्यसहित स्थापित नेपाली रियलस्टेट डेभलोप्मेन्ट फण्ड कर्पोरेसनले ५ बर्षभित्र १० मिलियन डलरको कारोबार गर्ने लक्ष्यसहित प्रथम साधारणसभा सम्पन्न गरेको छ । अहिलेसम्म ११९ जना नेपालीहरु सहभागी भएको फण्डमा झण्डै ८ लाख डलर सकलन भइसकेको छ भने रियलस्टेटमा लगानीको काम समेत सुरु भइसकेको छ ।

तत्काललाई २ सय जनासम्मलाई सामुहिक लगानीमा सहभागी गराउने उद्देश्य रहेको र एकजनाले १० हजार डलर लगानी गर्नुपर्ने अध्यक्ष सञ्जय थापाले खसोखासलाई जानकारी दिए । १० हजार डलर एकैपटक नभए पटकपटक गरेर समेत दिन सकिने २ सय जना सहभागी हुँदा २ मिलियन डलर संकलन हुने थापाले जानकारी दिए ।

सन् २०१९ को डिसेम्बरमा काम सुरु भएपनि कोरोना महामारीका कारण प्रभावित हुन पुगेको थियो । गत अगस्ट देखि प्रति महिना किस्ता वन्दीको हिसावले शेयर रकम संकलन गर्न सुरु गरिएको थियो । जस अनुशार गत डिसेम्बरसम्म एकसय सदस्य संख्या पूराउने लक्ष्य रहेकोमा उक्त लक्ष्य पूरा भइसकेको छ ।

घर जग्गा सम्वन्धी कारोवार गरिने यो फण्डबाट न्युयोर्कमा एउटा घर खरिद गरी हाल मर्मत भईरहेको र मर्मत सम्पन्न गरी विक्री गर्ने योजना रहेको जनाइएको छ । त्यस्तै ओहायोमा एउटा घर खरिद गरी हाल भाडामा प्रयोग भईरहेको र उपयुक्त मुल्य प्राप्त भएमा विक्री गर्ने योजना रहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली रियलस्टेट डेभलोप्मेन्ट फण्ड कर्पोरेसनको प्रथम साधारण सभाको उदघाटन आइतबार जुम मार्फत अमेरिकाको लागि नेपाली राजदुत डाक्टर युवराज खतिवडाले गरेका थिए । उनले नेपालीहरु अमेरिकामा सामुहिक लगानीमा जुट्नु सुखद रहेको बताउदै विदेशमा रहेका नेपालीहरुले नेपालमा शेयर लगायत विभिन्न क्षेत्रमा लगानी गर्न सक्ने तथा त्यसको लागि आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए । ठूलो लगानीमा ठुलै जोखिम हुनेभएकाले होस पुर्याएर लगानी गर्न उनले सुझाव दिए ।

कार्यक्रममा गैर आवासिय नेपाली सँघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन वन्जाडेले नेपालीहरु सामुहिक लगानीमा उत्प्रेरित भई अगाडि बढेकोमा खुशी व्यक्त गरे भने प्रवासी नेपाली एकता मन्चका अध्यक्ष प्रभु थापाले नेपालीहरुको आर्थिक संवृद्धीको लागि यस्ता सामुहिक लगानि आवश्यक रहेको बताए ।

जन प्रगतिशिल मन्चका तर्फवाट नारायण कणेलले कार्यक्रमको सफलताको शुभकामना दिए । साधारण सभामा सस्थाका अध्यक्ष सन्जय थापाले अमेरिकामा रहेका नेपालीहरुबीच आर्थिक समृद्धिको उद्धेश्य सहितका संस्था कम रहेको अवस्थामा आफूहरुले सामुहिक लगानीको यो प्रयास गरेको जानकारी दिए ।

कार्यक्रममा शेयर सदस्य पुजय थापाले सुरुका वर्षहरुमा धेरै लगानीका घर खरिद गरी मर्मत संभार गरी विक्री गर्ने र कम लगानीका घर खरिद गरी भाडामा लगानी गर्ने रणनीति रहे पनि विस्तारै यो प्रकृयालाई उल्ट्याई निकट भविश्यमा कतै जग्गा खरिद गरि घर निर्माण गरी विक्री गर्ने र संस्थाको अधिकृत पुजी ५ वर्षमा कम्तिमा १० मिलियन वनाइने कार्यनीति प्रस्तुत गरेका थिए । रियल स्टेट व्यवसायी कुल आचार्यले अमेरिकाको रियल स्टेट वजारको भविष्य वारे जानकारी दिएका थिए ।

बन्द शत्रमा कम्पनीका महासचिव कृष्ण लामिछानेले विभिन्न प्रश्नका जवाफ दिए । आगामी तीनबर्षका लागि ३ वर्षको लागि अध्यक्षमा पुन सन्जय थाापा र महासचिवमा कृष्ण लामिछाने रहेको १५ सदस्य समिति पनि निर्माण गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com