बेलायत बम बिस्फोटमा १९ को मृत्यु, ५९ घाइते


प्रकाशित मिति : जेष्ठ ९, २०७४ मंगलबार

बेलायतको मन्चेस्टर महानगरमा एक शक्तिशाली बम बिस्फोट गराइँदा कम्तीमा १९ जनाको मृत्यु हुनाको साथै कम्तीमा अन्य ५९ जना घाइते भएका स्थानीय एक सञ्चार माध्यम स्काइ न्युजले आज बिहान पुष्टि गरेको छ ।

गत २२ मे सोमबार साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे (नेपाली समय अनुसार मङ्गलबार बिहान सवा चार बजे तिर) म्यान्चेस्टर सङ्गीतस्थल (एरिना) परिसरमा भयानक आवाज सहित उक्त बम बिस्फोट भएको थियो ।

बेलायती प्रहरीले यस बिस्फोटलाई आतङ्ककारी आक्रमणको संज्ञा दिएको छ । कुनै आतङ्कबादी संगठनको मानिसले आत्मघाती बम बिस्फोट गराएको हुन सक्ने सम्भावनाप्रति अनुसन्धान भै रहेको स्थानीय सञ्चार माध्यमहरुले आशङ्का गरेका छन् ।

बम बिस्फोट पश्चात् अधिकांश युवक, युवतीहरु लगायत हजारौं दर्शकहरु अत्यन्त भयभीत भै सर्बत्र भाग दौड मच्चिएको थियो । घाइतेहरुको उपचारार्थ सयौं एम्बुलेन्स परिचालन गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय अधिकारीहरुले तत्कालै म्यान्चेस्टर एरिना परिसरदेखि सँधै अति ब्यस्त रहने भिक्टोरिया रेल्वे स्टेसनसम्मको क्षेत्र र बाटा, घाटाहरु पूरै नियन्त्रणमा लिएर कडा जाँच गर्दै घटनाको छानबीन र बिस्फोटनकारीको आशङ्कित समूहलाई पक्राउ गर्ने प्रयास गरेका छन् । उक्त क्षेत्रभरी बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
म्यान्चेस्टर एरिना परिसरको क्षमता २१ हजार जना जतिको रहे ता पनि घटना हुँदा के कति दर्शक उपस्थित थिए भन्ने प्रष्ट भै सकेको छैन । भयभीत दर्शकहरु परिसर बाहिर निस्कन भाग दौड मच्चिँदा किचाघानमा परी केही महिला तथा बालबालिकाहरु समेत घाइते समेत भएका छन् ।

घटनापश्चात् बेलायतीहरुमा आपसेआप एक अभूतपूर्व राष्ट्रिय एकताको भावना उत्पन्न भएको छ । घाइतेहरुलाई प्राथमिक उपचार गर्न होस् वा अस्पताल पु¥याउन, नगरवासीहरुमा एक अर्काप्रति गहिरो सहानुभूति जागेको छ । कतिपयले थकित, भयभीत, मानसिक रुपले त्रस्त वा साधारण चोट पटक लागेकाहरुलाई आआफ्नो घरमा बोलाई खाना पिनाले सत्कार गर्ने वा पलङ्ग, बिछ्यौना, ओढ्ने ओछ्याउने दिई सेवा पु¥याइ रहेका छन् ।

यसैबीच, म्यान्चेस्टर बम बिस्फोटको भयाबह घटनाको केही बेर मै म्यान्चेस्टर एरिना परिसरनजिक अवस्थित एक स्थानीय पार्क – क्याथेड्रल गार्डेन्समा पनि रिमोट कन्ट्रोलरको सहायताले अर्को बम बिस्फोट गराइएको म्यान्चेस्टर प्रहरीले ट्विटरमार्पmत् जानकारी गराउँदै आत्म सुरक्षाका लागि सजग र सतर्क रहन नगरवासीहरुलाई आग्रह गरेको छ ।
दक्षिणी आयरल्याण्डका बेलायत विरोधी सशस्त्र समूह – आइरिस रिपब्लिकन आर्मीले सन् १९९६ मा यसै म्यान्चेस्टर एरिना परिसरबाट केही सय मिटर टाढा रहेको म्यान्चेस्टर सिटी सेन्टरमा एक शक्तिशाली बम बिस्फोट गराउँदा सिटी सेन्टरको ठूलो क्षेत्र क्षतबिक्षत भएको थियो । रासस/ सिन्ह्वा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com