नेपाली उबर चालकमाथि दुर्ब्यबहार गर्ने महिलाबिरुद्ध गाडीले हानेको मुद्दा, १२२ माइल प्रतिघण्टा गतिमा ड्राइभिङ


प्रकाशित मिति : फाल्गुन २९, २०७७ शनिबार

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक शोभाकर खड्कामाथि दुर्ब्यबहार गर्ने इरानी मूलकी महिला अर्ना किमाईबिरुद्ध गाडी ठोक्काएर एकजना महिलालाई घाइते बनाएको आरोपमा मुद्दा दायर भएको छ । सन् २०१९ को फेबु्रअरीमा किमाईले गाडी ठोक्काएर एकजना महिलालाई सख्त घाइते बनाएर भागेको मुद्दा दायर गरिएको हो ।

अर्ना किमाईले असुरक्षितरुपमा गाडी मोडेर अर्को गाडीलाई ठक्कर दिंदा उक्त गाडीमा रहेकी महिला सख्त घाइते भएकी थिइन् । अदालतमा दायर गरिएको मुद्दामा गाडीको क्षतिपूर्ति, उपचार खर्च र आम्दानी गुमेको क्षतिपूर्ति दावी गरिएको छ ।

यसैबीच उबर चालकलाई दुर्ब्यबहार गर्ने ती महिलाले हाइवेमा १ सय २२ माइल प्रतिघण्टाको गतिमा गाडी चलाएको भिडियो समेत सार्वजनिक भएको छ । उक्त भिडियोमा गैरकानूनी रुपमा हाइवेमा बढी स्पीडमा गाडी कुदाएको देख्न सकिन्छ ।

ती महिला विगतमा पनि कम्तीमा तीनपटकसम्म पक्राउ परेको खुलासा भएको छ । उनी सन् २०१५ मा एकपटक र २०२० मा दुईपटक पक्राउ परेको रेकर्डमा देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनी सन् २०१५ को जुलाई १४ मा अरुको सामान जबर्जस्ती लिएको अभियोगमा लस एन्जलसमा पक्राउ परेकी थिइन् । त्यस्तै सन् २०२० को फेबु्रअरी १२ मा अरेन्ज काउन्टीको प्रहरीले उनलाई चोरीको अभियोगमा पक्राउ गरेको थियो । त्यस्तै सन् २०२० कै जुलाई १६ मा उनी अरुको गाडी विना अनुमति लिएर हिडेको अभियोगमा पक्राउ परेकी थिइन् ।

२४ बर्षकी अर्ना किमाईले नेपाली उबर चालकमाथि खोक्ने, फोन खोस्ने, मास्क च्यात्ने र अपशब्द बोल्ने गरेकी थिइन् । उनले कालो पोशाक लगाएकी थिइन् । उनलाई प्रहरीले पक्राउ गरिसकेको छैन । उनले प्रहरी समक्ष आत्मसमर्पणको तयारी गरेको उनका वकिललाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।

अर्को छेउमा रहेकी रातो पोशाक लगाउने मलेसिया किङलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । ती महिलामाथि आक्रमण गरेको, अरुको सामान जबर्जस्ती खोसेको र स्वास्थ्य तथा सुरक्षा नियम उल्लंघन गरेको अभियोग लगाइएको छ ।

उबरले नेपाली चालकमाथि भएको यो आक्रमण भयावह भएको बताउँदै दुर्ब्यबहार गर्ने अर्नाको एकाउन्ट खारेज गरिदिएको थियो । त्यसपछि ती युवतीले अब लिफ्ट चढ्ने घोषणा गरेकी थिइन् । तर लगत्तै लिफ्टले पनि ती युवतीमाथि प्रतिबन्ध लगाएको थियो ।

घटना लिफ्टसँग सम्बन्धित नरहेको भएतापनि चालकमाथि भएको दुब्र्यबहार अस्वीकार भएको लिफ्टले जनाएको थियो । त्यसैकारण ती युवतीलाई लिफ्टमा स्थायीरुपमा नै प्रतिबन्ध लगाइएको लिफ्टले स्पष्ट पारेको थियो ।

ती युवतीलाई मास्क लगाउन आग्रह गर्दा उनी र उनको समुहले आइतबार नेपाली उबर चालक खड्कामाथि खोक्नुका साथै मास्क च्यात्ने, फोन खोस्ने, पिरो स्प्रे छर्कने तथा अपशब्द बोल्ने लगायतका दुब्र्यबहार गरेका थिए ।

खड्काले आफूमाथि दक्षिण एसियाली आप्रवासी भएका कारण उनीहरुले निशाना बनाएको र विभेदकारी गाली गलौज गरेको स्थानीय संचारमाध्यमलाई बताएका छन् । ३२ बर्षका खड्कामाथि मार्च ७ आइतबार दिउसो सिल्भर एभिन्यु र सान ब्रुनो एभिन्युमा दिउसो पौने १ बजे यस्तो दुब्र्यबहार भएको थियो ।

गाडीमा चढेकी ती महिलाले मास्क लगाउन अस्वीकार गरेपछि आफूले गाडी रोकेको तथा मास्क किन्नका लागि ग्यास स्टेशनति गाडी लैजाने क्रममा ती महिलाले दुब्यबहार सुरु गरेको खड्काले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com