को हुन् अमेरिकामा दुर्ब्यबहारमा परेका नेपाली उबर चालकका लागि फण्डरेज गर्ने सायन ?


प्रकाशित मिति : फाल्गुन २७, २०७७ बिहीबार

क्यालिफोर्नियामा मास्क लगाउन नमान्ने ग्राहकको दुर्ब्यबहारमा परेका नेपाली शोभाकर खड्काका लागि सहयोग गर्न गोफण्डमीमा सायन बेनिस्टरले सुरु गरेको फण्डरेजमा ६४ हजार डलरभन्दा धेरै संकलन भइसकेको छ । बेनिस्टरले त्यसमा २० हजार डलर आफ्ना तर्फबाट म्याच गर्ने घोषणा गरेकी छिन् । यसरी खड्काका लागि ८४ हजार डलर भन्दा धेरै संकलन भएको छ ।

यसरी खड्काका लागि फण्डरेज सुरु गर्ने सायन बेनिस्टर ४४ बर्षीया अमेरिकन लगानीकर्ता र व्यवसायी हुन् । उबरकी सुरुकी लगानीकर्ता समेत रहेकी उनी अमेरिकामा स्टार्टअप सुरु गर्दा सुरुको चरणमा लगानी गर्ने व्यवसायीका रुपमा परिचित छिन् । उनी उबरका साथै पोस्टमेट्स, नियान्टिक र डीपमाइन्डकी समेत सुरुको चरणकी लगानीकर्ता हुन् ।

उनी सान फ्रान्सिस्कोमा रहेको भेन्चर क्यापिटल फण्ड फाउण्डर्स फण्डकी पहिलो महिला लगानीकर्ता पार्टनर समेत हुन् । एरिजोनामा हुर्कीएकी उनी कुनै बेला होमलेस समेत हुनुपरेको थियो । जसका कारण उनले हाइस्कुल समेत छाड्नु परेको थियो । उनले आफू सडकबाट साहसी लगानीकर्ता कसरी भइन् भन्ने सन्दर्भमा सन् २०१८ मा आफ्नो कथा बताएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनी अहिले आफ्ना श्रीमानका साथ सान फ्रान्सिस्कोमा बस्दै आएकी छिन् भने सामाजिक उदार मुक्तिवादीका रुपमा परिचित छिन् । उनी सन् २०१६ मा लैंगिक अल्पसंख्यकका रुपमा बाहिर आएकी थिइन् । उबरले दुर्ब्र्यबहारमा परेका नेपाली शोभाकर खड्कालाई १२० डलर क्षतिपूर्ति दिने बताएकोमा उबरको यो कदमप्रति असहमति जनाउँदै उनले खड्काको कानूनी सहायता, भाडा, जीवनयापन लगायतका लागि सहयोग गर्न फण्डरेज सुरु गरेकी हुन् ।

उनले सुरु गरेको फण्डरेजलाई गोफण्डमीले समेत आधिकारिक फण्डरेजका रुपमा शेयर गरेको छ । ट्वीटरमा उनले आफ्नो वास्तवीक नाम राखेकी छैनिन् र सान फ्रान्सिस्को सुरक्षित भएपछि एकाउन्ट डिलिट गर्ने बताएकी छिन् । उनको ट्वीटर ह्याण्डमा नाम रिकल चेसा बुडिन रहेको छ ।

उनले अहिलेसम्म सयौं गोफण्डमीमा सहयोग गरेपनि आफ्नै तर्फबाट सेटअप गरेको भने पहिलोपटक भएको बताएकी छिन् ।

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक शोभाकर खड्कामाथि आइतबार एकजना युवतीले पेपर स्प्रे गर्ने, मास्क च्यात्ने, अपशब्द बोल्ने र दुब्र्यहबार गरेकी थिइन् ।

उबरले नेपाली चालकमाथि भएको यो आक्रमण भयावह भएको बताउँदै दुर्ब्यर्बहार गर्ने यात्रुको एकाउन्ट खारेज गरिदिएको थियो । उबरले क्षतिपूर्ति वापत चालक खड्कालाई १२० डलर दिएको थियो । ती युवतीले अब लिफ्ट चढ्ने घोषणा गरेकी थिइन् । तर लगत्तै लिफ्टले पनि ती युवतीमाथि प्रतिबन्ध लगाएको थियो ।

घटना लिफ्टसँग सम्बन्धित नरहेको भएतापनि चालकमाथि भएको दुब्र्यबहार अस्वीकार भएको लिफ्टले जनाएको थियो । त्यसैकारण ती युवतीलाई लिफ्टमा स्थायीरुपमा नै प्रतिबन्ध लगाइएको लिफ्टले स्पष्ट पारेको थियो ।

ती युवतीलाई मास्क लगाउन आग्रह गर्दा उनी र उनको समुहले आइतबार नेपाली उबर चालक खड्कामाथि खोक्नुका साथै मास्क च्यात्ने, फोन खोस्ने, पिरो स्प्रे छर्कने तथा अपशब्द बोल्ने लगायतका दुब्र्यबहार गरेका थिए ।

खड्काले आफूमाथि दक्षिण एसियाली आप्रवासी भएका कारण उनीहरुले निशाना बनाएको र विभेदकारी गाली गलौज समेत गरेको स्थानीय संचारमाध्यमलाई बताएका छन् । ३२ बर्षका खड्कामाथि आइतबार दिउसो सिल्भर एभिन्यु र सान ब्रुनो एभिन्युमा दिउसो पौने १ बजे यस्तो दुब्र्यबहार भएको थियो ।

गाडीमा चढेकी ती महिलाले मास्क लगाउन अस्वीकार गरेपछि आफूले गाडी रोकेको तथा मास्क किन्नका लागि ग्यास स्टेशनति गाडी लैजाने क्रममा ती महिलाले दुब्यबहार सुरु गरेको खड्काले बताएका छन् । भिडियोमा गाडीमा चढेकी महिलाले खड्कामाथि खोकेको देख्न सकिन्छ ।

ती महिलाले हातबाट फोन खोस्नुका साथै चालकको मास्क समेत च्यातेको भिडियोमा देखिएको छ । गाडीमा चढेका अन्य महिलाले चालकमाथि अपशब्द बोल्नुका साथै दुब्र्यबहार गरेको भिडियोमा देखिएको छ ।

अमेरिकामा नेपाली उबर चालकमाथि दुर्ब्यबहार गर्ने महिला पक्राउ, तीन अभियोग

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com