किन चाहियो ओली पक्षको युवा संघलाई ‘साइबर सेना’ ?


प्रकाशित मिति : फाल्गुन ९, २०७७ आईतबार

प्रधानमन्त्री केपी ओलीको पक्षमा गत माघको तेस्रो साता निकालिएको जुलुसमा ‘अगाडि बढ केपी बा, ज्यान दिन तयार छौं, साइबर सेना आउँदैछ’ भन्ने नारा लागेको थियो। ओलीका कट्टर समर्थक महेश बस्नेतको सक्रियतामा निकालिएको त्यो जुलुसको सन्देश थियो–ओलीको कदमविरुद्ध सामाजिक सञ्जालमा दिइने गतिविधिको प्रतिकार गर्नु।

त्यसयता ओलीको पक्षमा सामाजिक सञ्जाल तथा इन्टरनेटमा व्यापक गतिविधि भएका देखिए।

त्यसपछि ओलीपक्षीय युवा संघका नेता रमेश पौडेलले समाजमा सकारात्मक धारणा सिर्जना गर्न साइबर सेना गठन गर्ने योजना बनेको सार्वजनिक गरे ।

सोही अवधारणालाई ओली पक्षीय युवा संघले गत माघ २५ र २७ गते बसेको केन्द्रीय कमिटी बैठकमार्फत् मूर्त रुप दियो। संघले साइबर सेना गठन गर्न लागेको जानकारी दियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केन्द्रीय कमिटी बैठकको निर्णय नम्बर ८ मा भनिएको छ– ‘२०६२/६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धि र नेपालको कम्युनिष्ट आन्दोलनले नेपाली मौलिकतामा हासिल गरेका उपलब्धि क्षतिविक्षत पार्ने ध्येय राखी यतिबेला नेपाललाई पुनः अस्थिरतातिर धकेलेर सामरिक स्वार्थको खेलौना बनाउनेहरु फरक रुपमा उत्रिएको पाइएको छ। त्यस कुकर्मको केही कथित बौद्धिक अराजकतावादीहरुले अगुवाई गरिरहेका छन्। तिनमा केही कम्युनिष्ट शक्तिकै नाममा, केही पुरातनवादी र केही अतिवादी एवं बाहिरी प्रतिक्रियावादीहरुको गठजोड देखिन्छ। ’

निर्णयमा अगाडि भनिएको छ– ‘केही मिडियाका नाउँमा, केही कोलमिस्टका नाउँमा, केही विश्वविद्यालयका बुज्रुकका नाउँमा समेत उभिएका एकखाले पाखण्डीहरुले मुलुकले लिएको मार्गचित्रलाई नै दिग्भ्रमित पार्ने एवं वातावरण धमिल्याउने कुचेष्टा गरेका छन्।यस्ता कुचेष्टालाई पराजित गर्नु नेपाली युवाहरुको कर्तव्य हुन आएको छ, यही सन्दर्भमा राष्ट्रिय युवा संघ नेपालले ती युगीन उपलब्धिहरुको रक्षा, प्रयोग र विकास गर्न प्रत्येक तहको कमिटी प्रणालीमा छुट्टै साइबरसेनाको युनिट निर्माण गर्दै संघद्वारा निर्धारित आचारसंहिताभित्र रही एक ढिक्का भई प्रतिकार गर्न युवाशक्ति परिचालन गर्ने निर्णय गरेको छ।’

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com