अमेरिका आउन डिभी विजेताको अभियान, पुनरावलोकन भइरहेको बाइडेन प्रशासनका वकिलको भनाई


प्रकाशित मिति : फाल्गुन २, २०७७ आईतबार

डिभी विजेतालाई अमेरिका आउनका लागि अनुमति प्रदान गर्न पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश उल्टाउन राष्ट्रपति जो बाइडेनसमक्ष माग गर्दै अभियान सुरु गरिएको छ । आर्थिक बर्ष २०२१ का डिभी लोटरी विजेताहरुलाई ट्रम्पको कार्यकारी आदेशले मार्चको अन्तिमसम्म अमेरिका आउनमा रोक लगाएको छ भने गत सेप्टेम्बरमा भिसा पाएका २०२० का डिभी विजेताहरु पनि अमेरिका आउन पाएका छैनन् ।

सेभ डाइभर्सिटी भिसा ह्यासट्याग सहित वेवसाइटको सुरुवात गरिएको छ । सयौं डिभी विजेताहरुले ट्रम्पले घोषणा गरेको र बाइडेनको कार्यभार सम्हाल्नुभन्दा झण्डै तीनसाता अगाडि मार्चसम्मका लागि थप गरेको कार्यकारी आदेश उल्टाउन माग गरेका छन् । ट्रम्पको कार्यकारी आदेशका कारण भिसा पाएका सयौं नेपालीहरु समेत अमेरिका आउन पाएका छैनन् । उनीहरुको भिसा मार्चभरीमा समाप्त हुँदैछ ।

यसअगाडि बाइडेनले उक्त कार्यकारी आदेश खारेज गर्ने बताइएको थियो । ह्वाइटहाउसका अधिकारी इस्थर ओलाभारियाले मेयरहरुसँगको एउटा भर्चुअल बैठकमा बाताएका थियो । तर त्यस्तो कार्यकारी आदेश कहिले जारी गर्नेभन्नेबारे केही खुलाइएको थिएन । इस्थर ओलाभारिया राष्ट्रपति बाइडेनका एकजना उच्च अध्यागमन सल्लाहकार हुन् भने ह्वाइट हाउसका घरेलु नीति काउन्सिलका डेपुटी डाइरेक्टर समेत हुन् ।

अहिले बाइडेन प्रशासनका लागि एकजना वकिलका अनुशार सरकारले ट्रम्पको उक्त कार्यकारी आदेश खारेज गर्ने वा नगर्ने सन्दर्भमा विचार गरिरहेको बताएका छन् । कतिपय कानुन व्यवसायीले बाइडेनले कार्यकारी आदेश खारेज नगरेपनि मार्चमा भिसा सकिदै गरेका डिभी विजेताहरुको भिसा थपिनसक्ने अनुमान गरेका छन् ।
र्
एकहजार भन्दा धेरै डिभी विजेताहरुको भिसा समाप्त भइसकेको छ भने आगामी मार्च १ देखि ३० भित्र झण्डै ६ हजारको भिसा समाप्त हुन लागेको जनाइएको छ । ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा सयौ नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । उनीहरुको भिसाको अवधि पनि मार्चमा सकिदैछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीका न्यायाधिस अमित मेहताले सन् २०२० का डिभी विजेताहरुलाई भिसा जारी गर्न आदेश दिएपछि सेप्टेम्बरको दोश्रो सातादेखि डिभी विजेताहरुलाई भिसा जारी गर्न सुरु गरिएको थियो । उनीहरुले सेप्टेम्बरको अन्त्यसम्म भिसा पाएका थिए । तर उनीहरु ट्रम्पको आप्रवासन रोक जारी रहँदासम्म अमेरिका आउन नपाउने भएकाले नेपालमै रोकिएका छन् ।

अदालतको आदेशपछि डाइभर्सिटी भिसा प्राप्त गर्न सफल नेपालीहरु ४०४ जना रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जसमध्ये २२५ जना प्राथमिक डिभी विजेता नेपाली रहेका थिए भने १०५ जना उनीहरुका दम्पत्ति थिए । त्यस्तै ७४ जना उनीहरुका छोराछोरीहरु रहेका थिए ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र सेप्टेम्बरमा ३७९ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो । जसमध्ये २१२ जना प्राथमिक डिभी विजेताहरु, ९५ जना उनीहरुका दम्पत्ति र ७२ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । अदालतको आदेशपछि आफूहरुले सकेजतिलाई भिसा जारी गरेको काठमाडौंस्थीत नेपाली दूतावासले जनाएको थियो ।

सन् २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ ।  सन् २०२१ का डिभी लोटरी पारेकाहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि  भिसा पाउनमा ढिलो भएको छ ।

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ । सबैभन्दा धेरै डिभी विजेताहरु इरानका ६ हजार १ जना रहेका छन् । सन् २०२१ का लागि विश्वमै सबैभन्दा धेरै डिभी विजेताहरु भने इजिप्टका ६ हजार २ जना रहेका छन् । त्यस्तै अल्जेरियाका ६ हजार १ जना र सुडानका ६ हजार १ जना रहेका छन् ।

आर्थिक बर्ष २०२२ का गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा भने सन् २०२१ को मे ८ मा सार्वजनिक हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com