भण्डारीको पहलमा बाल्टिमोरमा नेपाली सामुदायिक भवनका लागि साढे २ लाख डलर सुरक्षित


प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार

मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीको पहलमा मेरिल्याण्डको बाल्टिमोरमा नेपाली अमेरिकनको सामुदायिक भवन निर्माणका लागि साढे २ लाख डलर सुरक्षित भएको छ । बाल्टिमोर काउन्टीका तर्फबाट बुधबार १ लाख २५ हजार डलरको प्रतिबद्धता आएपछि भवन निर्माणका लागि साढे २ लाख डलर सुरक्षित भएको हो ।

मेरिल्याण्डमा रहेका नेपाली अमेरिकनका अगुवा व्यक्तिहरुसँगको छलफलमा वाल्टिमोर काउन्टीका काउन्टी एक्ज्यिूकेटिभ जोनी ओल्स्जेस्कीेले १ लाख २५ हजार म्याच फण्डको प्रतिबद्धता जनाएका हुन् । काउन्टीबाट १ लाख २५ हजार र त्यसमा म्याच गरेर राज्यबाट १ लाख २५ हजार गरी साढे २ लाख डलर प्राप्त हुने भएको हो ।

भण्डारीको पहलमा राज्यले १ लाख २५ हजार डलर पहिले नै विनियोजन गरिसकेको थियो । तर उक्त रकम म्याचिंग फण्ड अन्तरगत विनियोजन भएकाले त्यसका लागि गत डिसेम्बरसम्मको डेडलाइन कायम रहेको थियो । डिसेम्बरको डेडलाइनमा १ लाख २५ हजार म्याच फण्ड जम्मा गर्न नसकेको खण्डमा राज्यले विनियोजन गरेको रकम पनि निकाशा नभई खेरजाने अवस्था थियो ।

नेपाली समुदायको एक कार्यक्रममा ह्यारी भण्डारी

तर ह्यारी भण्डारीको पहल र अनुरोधमा बाल्टीमोर काउन्टी जमानी बसेपछि अब कुल साढे २ लाख डलर सुरक्षित भएको हो । बाल्टीमोर काउन्टीबाट महामारीका कारण कैयन परियोजनाले रकम नपाएक्को अवस्थामा समेत नेपाली अमेरिकनको सामुदायिक भवन निर्माणका लागि काउन्टीले जमानी र प्रतिबद्धता जनाएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काउन्टी एक्जिुकेटिभ ओल्स्जेस्कीले काउन्टीबाट रकम विनियोजन गर्ने जानकारी बुधबारको भर्चुअल कार्यक्रममा दिए । उक्त भवन वाल्टिमोर काउन्टीमा नै रहेको छ । कार्यक्रममा मेरिल्याण्ड राज्यका सांसद भणडरीले नेपाली अमेरिकनका लागि वाल्टिमोर काउन्टीले गरेको सहयोगको प्रशंसा गरे ।

कार्यक्रममा ईण्डियाना हेडका उपप्रमुख रन सिटौला, सामाजिक अभियन्ता डाक्टर श्याम कार्की, अर्जुन हमाल, तरुण पौडेल, मधुकर अधिकारी, गौतम दाहाल, अमर छन्त्याल, कृष्ण जीवि पन्त, महावाणिज्यदूत प्रेमराजा महत, व्यवसायी सरोज कृष्ण पुरी, कूलमणि आचार्य, सुवोध पन्त, प्रभु थापा, अनुसुया वन्त, धु्रव वन्त लगायतले नेपाली समुदायको हितका लागि काउन्टीबाट तर्फबाट गरिएको सहयोग र भण्डारीका तर्फबाट गरिएको पहलका लागि धन्यवाद दिए ।

मेरिल्याण्ड राज्य संसदमा भण्डारी

कार्यक्रममा डाक्टर उत्तम गौली, डाक्टर कृष्ण विष्ट, सरोज प्रजापति, पासापुच अमेरिकाका संयोजक राजु शाक्य, सामाजिक अभियन्ता दुर्गा श्रेष्ठ,विनोद उप्रेती, राजन कट्टेल लगायतको सहभागिता थियो ।

संभवत अमेरिकाका नेपाली अमेरिकन समुदायले निर्माण गरेको भवनमा सरकारी निकायको अनुदान प्राप्त गर्ने वाना सामुदायिक भवन पहिलो हुनेछ । राज्यका तर्फबाट १ लाख २५ हजार उपलब्ध गराउने वण्ड विलमा हयारी भण्डारीको नेतृत्वमा राज्य सांसदहरु कार्ल ज्याक्सन, क्याथी क्लाजमायर, जोसेफ वोटलर, काउन्टी काउन्सिल वुमन क्याथी वेभिन्स लगायतले समर्थन गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com