हैजाका कारण दुई सय बयालीसको मृत्यु


प्रकाशित मिति : जेष्ठ ५, २०७४ शुक्रबार

यमनमा अप्रिल महिनाको अन्त्यतिरबाट फैलिएको हैजाको प्रकोपका कारण मृत्यु हुने नागरिकको सङ्ख्या २४२ पुगेको छ भने झन्डै २३ हजार ५०० व्यक्ति हैजाका कारण बिरामी परेको विश्व श्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जनाएको छ ।

यमनस्थित डब्लुएचओको कार्यालयले द्वन्द्वग्रस्त खाडी मुलुकमा हैजाको प्रकोप भयावहका रूपमा फैलिएकोे बताएको छ । सो कार्यालयले बिहीबारमात्र २३ जना यमनीको हैजाका कारण मृत्यु भएको बताएको छ ।

डब्लुएचओका नेभियो जागारियाका अनुसार बिहीबार एकै दिनमा २३ जनाको मृत्यु भएको र करिब तीन हजार शंकास्पद विरामी उपचारका लागि सम्पर्कमा आएको बताउनु भयो ।

युनिसेफका यमनी कार्यालयका प्रवक्ता मोहम्मद अल असादीले एएफपीलाई बुधबार दिएको जानकारीमा यहाँ दैनिक करिब तीन हजार व्यक्तिमा हैजाका शङ्कास्पद बिरामी फेलापर्ने गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सानामा पछिल्लो समय युनिसेफ, आईसीआरसी, विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लगायतका अन्तर्राष्ट्रिय सङ्घसङ्गठनले हैजाको प्रकोप नियन्त्रणका लागि यहाँको सरकार र स्वास्थ्य सङ्घसंस्थालाई सघाउँदै आएका छन् ।

हैजाको प्रकोपका कारण दैनिक दर्जनौँ व्यक्तिको मृत्यु हुन थालेपछि र रोगले स्थानीय बस्तीहरूमा व्यापक सङ्क्रमण भेटिएपछि सरकारले सङ्कटकालको घोषणा गरी नियन्त्रण प्रयासलाई थप सशक्त पारेको छ ।

यमनमा सन् २०१७ मा हैजाको प्रकोप दोस्रोपटक देखिएको हो । यमनको द्वन्द्वका कारण स्थानीय स्वास्थ्य सङ्घसंस्था तथा अस्पतालहरूमा समेत आक्रमण भई प्रायजसो संरचना भत्केकाले बिरामीहरूलाई उपचार गर्ने उचित स्थानको समस्या रहने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com