विश्वमा सबैभन्दा धेरै बाँच्ने जापानी


प्रकाशित मिति : जेष्ठ ५, २०७४ शुक्रबार

बिश्वमा कुन कुन राष्ट्रका नागरिकहरु दीर्घजीवी छन् भन्ने बिषयमा संयुक्त राष्ट्र संघीय बिश्व स्वास्थ्य संगठनले हालै एक अनुसन्धानात्मक प्रतिबेदन सार्वजनिक गरेको छ ।

सो प्रतिबेदनमा नागरिकको आयुको औसत लम्बाई मापन सूचिमा अष्ट्रेलिया चौथो स्थानमा उक्लेको जनाइएको छ । यस सूचिको पहिलो दोश्रो र तेश्रो स्थानमा क्रमशः रहेका जापान, सिङ्गापुर र स्विट्जरल्याण्डलाई पछ्याउँदै चौथो स्थानमा उभिई अष्ट्रेलियाले पनि औसत नागरिक दीर्घ जीवनमा बिश्व–नेताको उपाधि हासील गरेको छ ।

सफा, सुग्घर र प्रदूषणमुक्त नगरहरुमा बसोबास तथा अत्यन्त न्यून धूम्रपान दरजस्ता तत्वहरुले अष्ट्रेलियाको राष्ट्रिय औसत आयु दर बढाउन टेवा पु¥याएको पनि उक्त प्रतिबेदनले औंल्याएको छ ।

यद्यपि, समग्रमा सन् २००० देखि २०१५ सम्ममा बिश्व भरीकै औसत आयु दर (ग्लोबल लाइफ एक्स्पेक्टेन्सी) मा बृद्धि भै रहेको तथ्य बिश्व स्वास्थ्य संगठनका प्रवक्ता डा. कोलिन म्याथर्सले अष्ट्रेलियन ब्रोड्क्यास्टिङ्ग कर्पोरेसन (एबिसि) सञ्चार माध्यमलाई बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिश्व स्वास्थ्य संगठनका एकसय चौरान्नब्बे सदस्य राष्ट्रहरुमाझ गरिएको अनुसन्धान र परीक्षणबाट सो निष्कर्ष निकालिएको थियो । अपितु, केही अष्ट्रेलियालीहरु अत्यन्त कडा र निको नहुने खालको दीर्घ रोगको शिकार भए ता पनि समग्र राष्ट्रिय औसत आयु दरमा भने अष्ट्रेलियाले बिश्वका धेरै मुलुकहरुलाई उछिनेको छ ।

डा. म्याथर्सका अनुसार स्वास्थ्य सम्बन्धी राष्ट्रिय जनजीवनका अन्य प्रमुख क्षेत्रमा पनि अष्ट्रेलियाले अग्रस्थान ओगटेको छ । बिश्वभरको गर्भधारण वा सुत्केरी अवस्थामा मातृ मृत्यु दर अष्ट्रेलियामा सबभन्दा न्यून रहेको छ ।

त्यस्तै धूम्रपान दरः राष्ट्रिय जनसङ्ख्याको करिब १७ प्रतिशत मात्र रहेकाले धूम्रपानकर्ताहरुको बिश्व सूचिको अन्तिम क्रमसङ्ख्याबाट गणना गर्दा आठौं स्थानमा रहेको छ । सहरी क्षेत्रमा ब्याप्त हुने प्रदूषणका कणहरुको हिसाबले अष्ट्रेलिया बिश्वमा अत्यन्त सफा, सुग्घर राष्ट्रको सूचिको अग्रस्थानमा आसीन रहेको छ ।

धेरै राष्ट्रिय सुलक्षणहरु बिद्यमान रहे ता पनि अष्ट्रेलियाली समाजमा केही अँध्यारा पक्षहरु पनि छन् । राष्ट्रिय आत्महत्याका घटनामा बिश्वको औसत दरलाई अष्ट्रेलियाले उछिनेको छ । हाल बिश्वको औसत आत्महत्या दर करिब १२ जना प्रति एक लाख रहेकोमा अष्ट्रेलियामा यो भन्दा बढी रहेको र घरेलु हिंसा र सडक दुर्घटनाका कारण हुने अकाल मृत्यु दर पनि नघटेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com