गायक निर्मल दाहालको नयाँ गीत ‘अचेल मायाको’ भिडियो सार्वजनिक भएको छ । रंगकर्मी सन्दिप डंगोलको शब्द तथा संगीतमा रहेको उक्त गीतमा चर्चित गायक नबिन के भट्टराईको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा गायक निर्मलसँगै मनोज सापकोटा र आस्था बस्नेतको अभिनय रहेको छ ।
राजिब थापा र मिलन तामांग ले खिचेको उक्त भिडियोलाई रितेश जंग छेत्री र बिशाल लामाले सम्पादन गरेका हुन् । गीतको भिडियोको निर्देशन मन्दिप बखुंचे ले गरेका हुन् । गीतको भिडियो गायक निर्मल दाहालकै अफिसियल युटुबमार्फत हेर्न सकिन्छ भने संसार भरका स्ट्रिमिंग प्लेटफर्महरूबाट पनि सुन्न सकिने जानकारी गायकले दिएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।