निर्मल दाहालको ‘अचेल मायाको…’


प्रकाशित मिति : माघ १०, २०७७ शनिबार

गायक निर्मल दाहालको नयाँ  गीत ‘अचेल मायाको’ भिडियो सार्वजनिक भएको छ । रंगकर्मी  सन्दिप डंगोलको शब्द तथा संगीतमा रहेको उक्त गीतमा चर्चित गायक नबिन के भट्टराईको संगीत संयोजन रहेको छ ।  गीतको भिडियोमा गायक निर्मलसँगै मनोज सापकोटा र आस्था बस्नेतको अभिनय रहेको छ ।

राजिब थापा र मिलन तामांग ले खिचेको उक्त भिडियोलाई रितेश जंग छेत्री र बिशाल लामाले सम्पादन गरेका हुन् । गीतको भिडियोको निर्देशन मन्दिप बखुंचे ले गरेका हुन् । गीतको भिडियो गायक निर्मल दाहालकै अफिसियल युटुबमार्फत हेर्न सकिन्छ भने संसार भरका  स्ट्रिमिंग प्लेटफर्महरूबाट पनि सुन्न सकिने जानकारी गायकले दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com