बाइडेनका १७ कदममा ५ अध्यागमनबारे: यात्रा प्रतिबन्ध खारेज, अध्यागमन कारवाहीमा रोक


प्रकाशित मिति : माघ ७, २०७७ बुधबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले १५ वटा कार्यकारी आदेश र दुईवटा निर्देशनमा हस्ताक्षर गरेका छन् । संचारकर्मीहरुकै अगाडि कोरोना महामारी, जलवायु परिवर्तन र आर्थिक सहायता सम्बन्धि तीनवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका गरेका बाइडेनले एकघण्टामा १५ कार्यकारी आदेश र २ निर्देशनमा हस्ताक्षर गरिसकेका छन् ।

बाइडेन संघीय भवन र भूभागहरुमा मास्क अनिवार्य गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् भने एउटा राज्यबाट अर्को राज्यमा यात्रा गर्दा पनि मास्क अनिवार्य लगाउनुपर्नेछ । त्यस्तै बाइडेनले हस्ताक्षर गरेको अर्को कार्यकारी आदेश कम सुविधा पाइरहेको समुदायका लागि सहयोग बढाउने सन्दर्भको रहेको छ भने अर्को कार्यकारी आदेश पेरिस जलवायु सम्झौतामा पुन समावेश हुने रहेको छ ।

बाइडेनले अमेरिका पुन पेरिस सम्झौतामा संलग्न हुने सुचना राष्ट्रसंघ समक्ष पठाएका छन् । विश्वब्यापी तापमान बृद्धिलाई नियन्त्रण गर्ने यो सम्झौतामा सन् २०१५ मा हस्ताक्षर गरिएको थियो तर ट्रम्पले यो सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका थिए ।

बाइडेनले ५ वटा अध्यागमन सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रमलाई सुदृढिकरण गर्ने आदेशमा बाइडेनले हस्ताक्षर गरेका छन् । सातवटा मुस्लिम बाहुल्य देशका नागरिक माथि ट्रम्प प्रशासनको यात्रा प्रतिबन्धलाई बाइडेनले उल्टाउने कार्यकारी आदेश जारी गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै अमेरिकाभित्र अध्यागमन कारवाही गर्ने ट्रम्पको नीतिलाई पनि बाइडेनले कार्यकारी आदेशमार्फत उल्टाएका छन् । ट्रम्पले सिमानामा पर्खाल लगाउनका लागि जारी गरेको संकटकाललाई पनि बाइडेनले उल्टाएका छन् । ट्रम्पले सिमानामा पर्खाल लगाउन बजेट जुटाउने उद्देश्यले संकटकालको घोषणा गरेका थिए ।

त्यस्तै लाइबेरियनहरुको वर्क परमिट सन् २०२२को जुन ३० सम्म लम्बाउने र देशनिकालालाई पछाडि सार्ने कदममा पनि बाइडेनले हस्ताक्षर गरेका छन् ।

विश्व स्वास्थ्य संगठनबाट बाहिरिने ट्रम्पको कदमलाई पनि बाइडेनले कार्यकारी आदेशमार्फत उल्टाएका छन् । त्यस्तै कोरोनाबिरुद्धको भ्याक्सिनको उत्पादन र वितरणका सन्दर्भमा पनि बाइडेनले कार्यकारी आदेश जारी गरेका छन् ।

देशब्यापी रुपमा घरनिकालामा र घर लिलामीमा रोकलाई कम्तीमा मार्च ३१ सम्म थप गर्ने आदेशमा पनि बाइडेनले हस्ताक्षर गरेका छन् । त्यस्तै संघीय विद्यार्थी ऋण भएका अमेरिकन विद्यार्थीको ऋण पेमेन्ट र ब्याज कम्तीमा सेप्टेम्बर ३० सम्म स्थगित गर्ने आदेशमा पनि बाइडेनले हस्ताक्षर गरेका छन् ।

वातावरण सन्दर्भमा कीस्टोन पाइपलाइन खारेज गर्ने तथा वातावरणका सन्दर्भमा ट्रम्पले जारी गरेका एकसयभन्दा धेरै कदम पुनरावलोकन गर्न र उल्टाउन एजेन्सीहरुलाई निर्देशन दिने आदेशमा बाइडेनले हस्ताक्षर गरेका छन् । जातीय समानताको सुनिश्चित गर्न एजेन्सीहरुलाई दिइएको आदेशमा पनि बाइडेनले हस्ताक्षर गरेका छन् ।

यौन अभिमुखिकरण र लैंगिक आधारमा काममा हुने विभेद रोक्ने आदेशमा पनि बाइडेनले हस्ताक्षर गरेका छन् । जनगणनामा नागरिक बाहेक अन्य जनसंख्या समावेश गर्नुपर्ने र सांसदको संख्या निर्धारणमा नागरिक बाहेक अन्यको जनसंख्यालाई पनि गणना गर्नुपर्ने कार्यकारी आदेशमा पनि बाइडेनले हस्ताक्षर गरेका छन् ।

बाइडेनले आज ट्रम्पका ९ वटा नीतिहरुलाई उल्टाउने आदेशमा हस्ताक्षर गरेका छन् भने ८ वटा नयाँ आदेश र निर्देशन दिएका हुन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com