२०२४ को राष्ट्रपति चुनावमा उम्मेदबारी दिनेबारे ट्रम्पबाट छलफल सुरु


प्रकाशित मिति : कार्तिक २४, २०७७ सोमबार

बहिर्गमन उन्मुख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपति चुनावमा उम्मेदबारी दिनेबारे निकटवर्तीहरुसँग छलफल सुरु गरेको एक्सीओसले जनाएको छ । यो समाचारपछि ट्रम्पले आन्तरिक रुपमा आफ्नो पराजय स्वीकार गरिसकेको संकेत मिलेको विश्लेषण गरिएको छ ।

अमेरिकी कानुन अनुशार अमेरिकी राष्ट्रपतिले चारचारबर्षे दुईकार्यकालसम्म सेवा गर्न सक्छन् । तर उनले आफ्ना छोरा डोनाल्ड ट्रम्प जुनियरलाई अगाडि बढाउनसक्ने समेत सम्भावना रहको छ । ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले पनि राजनीतिमा अगाडि आउने महत्वकांक्षा राख्दै आएका छन् ।

यसैबीच ट्रम्प पत्नी मेलानिया ट्रम्प र ज्वाई जारेड कुश्नरले ट्रम्पलाई आफ्नो पराजय स्वीकार्न सुझाव दिएका छन् । तर ट्रम्पका दुई छोराहरु डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पले भने लडाई नछाड्न सुझाव दिएका छन् ।

रिपब्लिकन सिनेटर लिन्ड्से ग्राहमले यदि ट्रम्पले चुनाव परिणाम स्वीकारेको खण्डमा रिपब्लिकनले अमेरिकामा कहिलेपनि चुनाव नजित्ने चेतावनी दिएका छन् । यदि लडाई जारी नराखे अमेरिकामा कहिलेपनि रिपब्लिकन राष्ट्रपति नआउने उनको चेतावनी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चर्चित रिपब्लिकनहरुबाट बाइडेनलाई बधाई

चर्चित रिपब्लिकनहरुले अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेदबार जो बाइडेनको जीत स्वीकार गरिसकेका छन् । पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुसले बाइडेनसँग कुराकानी गरेको र बाइडेनले अमेरिकालाई नेतृत्व र एकीकृत गर्ने अवशर जितेको बताएका छन् ।

त्यस्तै जर्ज डब्ल्यु बुसका भाई तथा जर्ज बुस सिनियरका छोरा जेब बुसले बाइडेनलाई बधाई दिदै सफलताका लागि प्राथना गरेको बताएका छन् । मेरिल्याण्डका गभर्नर ल्यारी होगनले बाइडेन र ट्रम्पलाई भोट नगरी मतपत्रमा रोनाल्ड रेगन लेखेको उल्लेख गर्दै सबैले अमेरिकी राष्ट्रपति सफल भएको हेर्न चाहेको बताएका छन् ।

त्यस्तै रिपब्लिकन सांसद फ्रेड अप्टनले बाइडेनलाई बधाई दिदै आफूले अहिलेसम्म काम गरेको असल व्यक्ति भएको बताएका छन् । उनले जो बाइडेनसँग काम गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

त्यस्तै सिनेटर मिट रोम्नीले बाइडेन र ह्यारिस राम्रो इच्छाशक्ति र प्रशंसनीय चरित्रका भएको बताएका छन् । साथै आगामी दिन र बर्षमा उनीहरुलाई भगवानले आशिर्वाद दिउन् भन्ने आफ्नो प्राथना रहेको उनले बताएका छन् । रोम्नी सन् २०१२ को राष्ट्रपति चुनावमा बराक ओबामाबिरुद्ध लडेका थिए ।

ओहायोका गभर्नर जोन कासिचले बाइडेनलाई बधाई दिदै बाइडेनले प्रतिज्ञा गरे अनुशार काम गर्ने र सम्पूर्ण अमेरिकाको राष्ट्रपति बन्ने अपेक्षा गरेका छन् । त्यस्तै रिपब्लिकन सांसद टम रिडले पनि बाइडेन र ह्यारिसलाई बधाई दिएका छन् ।

भर्मोन्टका रिपब्लिकन गभर्नर फिल स्कटले बाइडेनलाई मत हालेको बताएका छन् । साथै यो कठिन समयमा मुलुकको नेतृत्व गर्न बाइडेन र ह्यारिस सफल हुने विश्वास व्यक्त गरेका छन् ।

टेक्सासका पदावधी सकिदै गरेका रिपब्लिकन सांसद विल हर्डले पनि अमेरिका बोलेको र सबैले निर्णयलाई सम्मान गर्नुपर्ने बताएका छन् । रिपब्लिकन सांसद पल मिचेलले पनि अमेरिकाले बाइडेनलाई मुलुकको नेतृत्वमा चाहेको बताएका छन् ।

मासाचुसेट्सका रिपब्लिकन गभर्नर चार्ली बेकरले आफूले राष्ट्रपतिमा कसैलाई पनि मतदान नगरी खाली छाडेको बताउँदै सबैजना वास्तविक र तत्कालिन चुनौतीमा केन्द्रीत हुनुपर्ने बताएका छन् ।

युटाहका लेफेटीनेन्ट गभर्नर स्पेन्सर कक्सले बाइडेन र ह्यारिसलाई हार्दिक बधाई दिएका छन् । त्यस्तै अलास्काका रिपब्लिकन सांसदले पनि बाइडेनलाई शुभकामना दिएका छन् ।

अलास्काकै सिनेटर लिसा मुर्कोस्कीका तर्फबाट पनि बाइडेनलाई बधाई व्यक्त गरिएको छ । पदावधि सकिदै गरेका सांसद फ्रान्सिस रोनीले पनि नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई समर्थन गर्न सबैसँग आग्रह गरेका छन् ।

रिपब्लिकन सांसद डोन ब्याकनले पनि अब बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको कुरा भित्तामै लेखिइसकेको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com