अब नेपालमा तेजाब छ्यापे २० वर्ष कैद, १० लाख जरिबाना !


प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार

सरकारले एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याएको छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले एसिड आक्रमण गर्नेलाई कारबाही तथा पीडितको सम्पूर्ण उपचार, शिक्षा, स्वास्थ्य, जिविकोपार्जनको प्रबन्ध मिलाउने गरी अध्यादेश ल्याएको हो । जुन राष्ट्रपति समक्ष पेश भएर प्रमाणिकरण गर्न बाँकी रहेको छ ।

२५ भदौमा एसिड आक्रमणमा परेकाहरुसँग छलफल गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण गर्नेलाई कारबाही गर्न नयाँ अध्यादेश ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । सोही अनुसार नयाँ कानूनको मस्यौदा तयार भइरहेको छ ।

फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाबजस्ता घातक रसायन छ्यापी दुवै आँखा जले, दृष्टि, दुवै कान जली क्षति भई सुन्ने शक्ति नष्ट भए कानको जाली क्षति भई काम नलाग्ने भए, अनुहार पूर्ण रूपमा जले, वक्षस्थल (स्तन), यौनाङ्ग आदि जले, क्षति भए बीस वर्ष कैद र १० लाख रुपैयाँ जरिबाना निर्धारण गरिएको छ ।

कसैको एउटा आखाँ, एउटा कान, जले, क्षति पुगे, अनुहार कुरुपय भए, एउटा स्तन जले दुवै हात जली काम नलाग्ने भएमा, गोडा पूर्णरूपमा जलेर काम नलाग्ने भएमा, टाउकाको कुनै भाग, मेरुदण्ड जलेमा सातदेखि दसवर्ष कैद सात लाखदेखि दसलाखसम्म जरिवाना निर्धारण गरिएको छ । तेजाब छ्यापेर शरीरको कुनै अङ्गमा गति भएमा कसुरको प्रकृतिअनुसार पाँचदेखि दसवर्षसम्म कैद र एक लाखदेखि पाँच लाख जरिवाना निर्धारण गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तो छ एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न ल्याइएको अध्यादेशको पूर्णपाठ:-

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com