नेपाल सरकारले खरिद गरेको धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल सेट जनकपुरधाम आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको २ रेल सेट जयनगरबाट हिँडेर शुक्रबार अपराह्न २ बजे जनकपुर आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।
लामो समयको प्रतिक्षापछि रेल जनकपुर आएपछि इनर्वादेखि जनकपुरको कुर्थासम्म हेर्ने स्थानीयको घुँइचो लागेको छ । नेपाल सरकारको १ अर्बको लागतमा चारवटा इन्जिनसहित दुई सेट रेल ल्याइएको हो । रेल सेटको निर्माण भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो । जनकपुरको पुरानो रेल्वे स्टेसनमा रेल हस्तान्तरणको लागि धनुषाको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा एक कार्यक्रमसमेत राखिएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।