जिससको ३६ रोपनी जग्गा अतिक्रमित


प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार

जिल्ला समन्वय समितिका नाउँमा रहेका विभिन्न क्षेत्रका गरी करिब ३६ रोपनी जग्गा अतिक्रमणमा परेको छ । व्यास नगरपालिका–३ बीसघरे, देउराली नगरस्थित सबै जग्गा अतिक्रमणको चपेटामा परेको जिल्ला समन्वय समितिले जनाएको छ । तत्कालीन जिल्ला विकास समिति हुँदा समितिको स्वामित्वमा रहेको उक्त जग्गा वषौँअघिदेखि अतिक्रमण गरी पक्की घरसमेत निर्माण भइसकेका छन् ।

सदरमुकाम दमौलीमा रहेको उक्त जग्गाको मूल्य उच्च भए पनि अतिक्रमणबाट बचाउन नसकिएको जिसस प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो । साविक फराकचौर ९ ‘ट’ को कित्ता नम्बर ३४ मा पर्ने १५ रोपनी तीन आना दुई पैसा तीन दामको र कित्ता नम्बर ३५ को १४ रोपनी छ आना एक दाम क्षेत्रफल रहेको जग्गा वर्षौंअघिदेखि अतिक्रमणमा परेको छ । त्यसैगरी कित्ता नम्बर २८ को आठ आना जग्गा बह्माकुमार राजयोग संस्था र फराकचौर ९ ‘ग’ कित्ता नम्बर १५९६ मा पर्ने चार रोपनी १४ आना तीन पैसा तीन दाम क्षेत्रफलको तनहुँ उद्योग वाणिज्य सङ्घलाई भोगचलनका लागि दिइएको समितिले जनाएको छ ।

विसं २०२५ मा सदरमुकाम बन्दीपुरबाट दमौलीमा सारिएदेखि नै जिससको जग्गा बढी अतिक्रमणमा पर्न थालेको जिल्ला समन्वय समितिका प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिनुभयो । हाल १८४ व्यक्तिले अनधिकृत रुपमा जग्गा भोगचलन गर्दै आएका छन् । समितिले अन्य ठाउँका केही जग्गा अतिक्रमणमा परेको र अधिकांश भाडामा लगाएको जनाएको छ । अन्य ठाउँमा अतिक्रमणमा परेको जग्गाको पनि तथ्याङ्क निकाल्ने कार्यको शुरुआत गर्न लागिएको समितिकी उपप्रमुख पवित्रा पौडेलले जानकारी दिनुभयो ।

व्यासका वडा नं २ र ३ अन्तर्गत समितिको जग्गामा बनाइएका ९५ सटरबाट भने वार्षिकरुपमा झण्डै रु एक करोड आम्दानी हुँदै आएको छ । उक्त सटरबाट गत वर्ष रु ९९ लाख १८ हजार आम्दानी भएको र यो वर्ष भाडाबापत रु ८६ लाख आम्दानी भएको उपप्रमुख पौडेलले बताउनुभयो । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com