अपहरणको नाटक गरी झुटा अफवाह फैलाउँदा…


प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार

अज्ञात व्यक्तिले अपहरण गरेको भनेर झुक्याउनेलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ का जीवन खत्री रहेका छन्। ऋण तिर्न नसकेपछि उनले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए। अपहरणमा परेको खबर आएपछि प्रहरी परिचालन गरिएको र जाँचबुझका क्रममा उनी अपहरणमा नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

उनलाई अपहरणको नाटक गरी झुटा अपवाह फैलाइ समाजमा नकारात्मक प्रभाव पारेको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रज्वल महर्जनले जानकारी दिए । गत बुधबार साँझ ७ बजे सुनकोशी गाउँपालिका–५ यमुनाडाँडास्थित फूपूको घरमा बसिरहेको अवस्थामा खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो।

वर्ष दिनअघिदेखि गाउँमा कुखुरापालन गरेर बसेका उनले ऋण सापटी लिएको पैसा तत्काल तिर्नुपर्ने र उनले तिर्न नसकेपछि यस्तो नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ। रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com