रहस्यमय बन्दै नक्कली सुन काण्ड


प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार

गत मंगलबार प्रहरीबाट एकाएक सूचना चुहियो– कमलादीबाट १५ किलो सुन जस्तै देखिने पदार्थ भेटियो । त्यस बखत प्रहरीले भन्यो, ‘स्कार्पियो चढेर आएका व्यक्ति सुन जस्तै देखिने पदार्थ रहेको झोला फ्याँकेर भागे ।’ झोलामा दुई थान चाइनिज पेस्तोलसमेत रहेको पुष्टि भयो । तर, सूचना पाएर पिछा गर्दै जाँदा सुन फ्याँकेर भाग्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिन सकेन । जबकि ठूलो परिमाणमा सुन जस्तै देखिने पदार्थ फ्याँकेर हिँड्ने सवारी साधनलाई प्रहरीले आफ्नो मातहतलाई खबर गरेर तत्कालै पक्राउ गर्न सकेन ।

सुन जस्तो देखिने पदार्थ नियन्त्रणमा लिएर हतार हतार पत्रकार सम्मेलन डाकेको महानगरीय प्रहरी परिसर काठमाडौंले अन्त्यमा भेटिएकामध्ये साढे १४ किलो सुन नक्कली रहेको र त्यसमा आधा किलो मात्रै सक्कली सुन भएको पुष्टि गर्यो । त्यस बखत गाडीमा आएकाहरू प्रहरीको चेकिङ देखेर गाडीबाट झोला फ्याँकेर भागेको प्रहरीले भनेको थियो । तर, बिहीबारसम्म आइपुग्दा प्रहरीले भनेको घटनास्थल नै गलत भएको अनुसन्धानका क्रममा देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

‘कमलादीमा झोला फ्याँकेर गाडी भाग्यो भन्ने थियो तर अहिले सुन जस्तो पदार्थ कमलादीमा नभएर सुन्धारामा गाडीबाट फ्याँकेर भागेको देखियो,’ ती प्रहरी अधिकारीले भने । प्रहरी स्रोतका अनुसार घटनास्थलको मुचुल्कामा प्रहरीले झोला फ्याँकिएको स्थान सुन्धारा क्षेत्रलाई मानेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने प्रहरी अनुसन्धानमा क्राइम सिनलाई नै खोजेर अनुसन्धान गरिने बताउँछन् ।

‘अनुसन्धानका क्रममा घटना सुरु भएको र अन्त्य भएको स्थानसम्मको क्राइम सिन हेरिन्छ, त्यस क्रममा घटनास्थल फरक भएको हुन सक्छ, थप अनुसन्धान हुँदै छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख पोखरेलले राजधानीसँग भने । प्रहरीले बिहीबार दिउँसो सुन फ्याँकेर भागेको स्कार्पियोलाई ललितपुर नख्खिपोटबाट फेला पारेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी राजकुमार केसीले बा६च ५५१९ नम्बरको सो स्कार्पियो ललितपुर नख्खिपोटको बन्दै गरेको एक घरमा त्रिपालले छोपेर राखिएको अवस्थामा फेला पारेको जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्रोतका अनुसार सो स्कार्पियो इनसाद हुसेन अन्सारी र कुल्साद बेगमको नाममा रहेको प्रहरी स्रोतले बताएको छ । तर, सोबारे प्रहरीले आधिकारिक रूपमा खुलाएको छैन । प्रहरीले बिहीबार नै सुन जस्तै देखिने पदार्थ फ्याँकेर भाग्ने तीन जनालाई समेत पक्राउ गरेको छ । उनीहरू पूर्वी नवलपरासीबाट पक्राउ परेको प्रहरीले बताएको हो । पक्राउ पर्नेमा गाडीसँगै फरार भएका देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेल छन् ।

हटाइए डिएसपी
सुन काण्डको अपरेसन गरेका महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रञ्जन दाहाललाई त्यहाँबाट सरुवा गरिएको छ । सुन काण्ड रहस्यमय बन्दै गएपछि डिएसपी दाहाललाई दरबारमार्गबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा लगिएको हो । उनको ठाउँमा प्रतिष्ठानमै रहेका डिएसपी रामेश्वर पौडेललाई पठाइएको छ ।

‘सो प्रकरणको छानबिन भइरहेकाले डिएसपी दाहाललाई छानबिनका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्गको जिम्मेवारीबाट हटाइएको हो,’ प्रहरी स्रोतले भन्यो । सुन काण्ड रहस्यमय बन्दै गएपछि त्यसबारे अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ । घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी कार्यालयका एसएसपी सुशील यादवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com