निर्मला हत्या प्रकरण: कसको थियो त्यो सर्टको टुक्रा ?


प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार

निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण जति रहस्यमय बनेको छ, उति नै यसको अनुसन्धान सुस्त पनि छ। पछिल्लो समय निर्मला हत्या अनुसन्धान एउटा परीक्षणले रोकिएको छ। घटनास्थलमा भेटिएको सर्टको टुक्राको फाइबर परीक्षणको रिपोर्ट दुई वर्ष बित्दा पनि आएको छैन। उक्त सर्टको टुक्रा दिलीपसिंह विष्टको हो कि होइन भनेर परीक्षण अनिवार्य बनेको छ।

सर्टको टुक्राको परीक्षण भारतको सुविधासम्पन्न फरेन्सिक ल्याबमा पठाउनुपर्ने राय गृह मन्त्रालयले परराष्ट्रलाई दिएको थियो। परराष्ट्रले भारतको दिल्लीस्थित नेपाली दूतावासमा समन्वय गरेकोसम्म देखिन्छ। तर, नमुना परीक्षण भने अझै भइनसकेको प्रहरी मुख्यालयले जनाएको छ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले निर्मला हत्या अनुसन्धानले थप पूर्णता पाउने दाबी गरे। उनले भने, ‘अनुसन्धान गर्ने प्रहरी कर्मचारीमाथि नै अदालतमा मुद्दा चलेको थियो। उनीहरूले सफाइ पाएका छन्। अब ती अनुसन्धान अधिकृतकै सहयोगमा थप अनुसन्धानअघि बढ्नेछ।’ घटना अनुसन्धनका लागि अहिले पनि सीआइबीको टोली कञ्चनपुरमै छ। घटना स्थलमा भेटिएको सर्टको टुक्राको परीक्षण प्रक्रियामै रहेको उनले बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com